२९ आश्विन २०८३, बिहिबार

ओलीको नेतृत्वमा शाक्तिशाली सरकार हेर्न चाहन्छन्

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Min२०४६ सालको जनआन्दोलनपछि संयुक्त जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर बनेको एमाले देशको प्रमुख शक्तिका रुपमा देखा परेको छ । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता अनि मदन भण्डारीको बौद्धिक चिन्तन मिलेर एमालेले नयाँ उचाइँ लियो । दुर्भाग्य २०५१ सालमा मदन भण्डारीको हत्त्यापछि नेपाली राजनीतिमा अनेक ब्रिकृति र बिसंगति भित्रिए । २०७३ साल सम्म आउँदा नेपाली राजनीतिले अनेक घटना र दुर्घटना व्यहोर्नु परेको छ ।

यो २६ वर्षको अवधिमा बनेको २४ वटा सरकारमध्य मनमोहन अधिकारी नेतृत्वको सरकारबाहेक अरु कुनै सरकारले जनभावनाअनुसार राम्रो काम गर्न सकेनन । शताब्दिकै ठूलो भूकम्पले थलिएको अनि नाकाबन्दीले पिल्सिएको बेला केपी ओली प्रधानमन्ी बन्न पुगे । एकातिर मधेस आन्दोलन चलिरहेको थियो । अर्कोतिर नाकाबन्दी थियो । भूकम्पले भत्किएको संरचना बनाउनु पर्ने ठूलो चुनौती पनि थियो । भारत नेपाल कमजोर भएको मौका हेरेर आफ्नो स्वार्थ लाद्ने उचित दाउमा थियो ।

भारतको लागि अबको एकमात्र चुनौती भनेको एमाले फुटाउनु नै हो । किनकी यहि अवस्था रहे केपी ओली सरकारले गरेका कामको आधारले एमालेले अबको चुनाबमा दुर्इतिहाइ सिट जित्ने पक्का छ । स्मरण रहोस मनमोहन सरकारले गरेको कामको आधारले एमालेले गएको स्थानीय चुनाबमा दुर्इतिहाइ सिट जितेको थियो । त्यो अबस्था नदोहरिएला भन्न सक्किन्न ।

सबैको रगतमा पार्टीको हेमोग्लोबिन मिसिएको हुँदैन । जुन पार्टीले राम्रो काम गर्छ त्यहि पार्टीलाइ भोट हाल्ने र समर्थन गर्ने मान्छेहरु पनि धेरै हुन्छन । जनतासम्म देशमा असल र खराब काम बीचको भिन्नता छुट्टिन सक्दैन । जुन पार्टीले गरे पनि राम्रोलार्इ राम्रो र नराम्रोलार्इ नराम्रो भन्न सक्नु पर्छ । यत्ति चेतना नआएसम्म पार्टीले गर्ने गलत काम रोकिन सक्दैन र पार्टी सच्चिन दबाब पनि पुग्दैन ।

अहिले नेपाली जनताहरुमा पनि बिगतमा भन्दा तुलनात्मक रुपमा राजनीतिक चेतना र राष्टिय भाबना वृद्धि भएको छ । आफ्नो ठाउँमा रोजगारी नहुँदा देशविदेश पुगेका नेपालीहरुले बिकास भनेको केहो देखेका छन् र बुझेका पनि छन् । अब कुनै पनि पार्टीले ठूला ठूला गफमात्र गर्ने तर काम गर्न नसक्ने हो भने राजनीतिबाट विस्थापित हुने दिनहरु आउदैछ । भाषण मात्र गर्ने दिन गए ।

ओली सरकार किन कसरी र कसले ढाल्यो यो विषयमा अब धेरै चर्चा गर्न नपर्ला ।

एमालेमा पनि कयौ भ्रष्ट र भारतपरस्त नेताहरु छन् । तुलानात्मक रुपले अरु पार्टीभन्दा एमाले राम्रो छ । त्यसमा केपी ओलीले अहिले लिएको अडान र नीति देशको हितमा छ । नेपाली जनता अब एकचोटी केपीको नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन । यसैलाई आधार बनाएर एमालेले आफ्नो आगामी रणनीति तयार गरोस । एमालेको अबको बाटो यहि हुनु पर्छ ।

कांग्रेसलार्इ भारतले माया गर्छ, कांग्रेस भारतको नजिक भएको पार्टी हो भनेर कुनै पनि हालतमा मान्न सकिदैन । त्यसो हो भने कांग्रेसकै पालामा किन नाकाबन्दी भयो त ? किन कांग्रेसकै पालामा मधेश आन्दोलन गराइयो ? यो त भारतले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न खोजेको मात्र हो । अनि सत्तामा जान कांग्रेसले पनि भारतलाई प्रयोग गरेको मात्र हो । यी दुबैको स्वार्थले नेपाल राष्ट«को हित गर्दैन ।
माओवादीले सरकार ढाल्न सहयोग गर्नुका २ वटा कारण छन् । एउटा द्वन्द्वकालमा भएका घटनामा कारबाही र जेल परिने डरले परस्थिति बदल्नु, अर्को डुब्न लागेको पार्टी चालाउन भारतबाट फाइदा लिनु ।

एमालेमाथि पनि केहि गम्भीर आरोपहरु छन् । महाकाली सन्धिमा यदि एमालेबाट गल्ति, कमजोरी र त्रुटि भएका छन् भने त्यसलार्इ सच्याउनु पर्छ, आत्म आलोचना र समीक्षा गर्नु पर्छ । गल्ति र कमजोरी लुकाउन र ढाकछोप गर्न खोज्दा पार्टीलाई झनै घाटा हुन्छ । एमाले किन मदन भण्डारीको हत्त्याको छानबिन गर्न चाहन्न ? के कारणले छानबिन गर्न सकिएन ? त्यसको जवाफ जनतालाई दिनु पर्छ । अनि मात्र एमाले जिम्मेबार पार्टी कहलिन्छ । धेरैको आरोप छ मदन भण्डारीको हत्त्यामा पार्टीका केहि नेता पनि प्रयोग भएका हुन सक्छन । एमाले यस विषयमा बोल्न चाहन्न । यो आरोपको खण्डन नगरी एमालेको उचाइँ बढ्ने वाला छैन ।

सरकार ढाल्न अविश्वास प्रस्ताव राख्दा प्रचण्डले लगाएका आरोपहरु बकबास र आधारहीन देखिन्थ्यो । ओलीले दिएका जवाफ गहकिलो र जिम्मेबार थियो । शेरबहादुरले लगाएको आरोप त न बुझ्न सकिने न स्पस्ट न कुनै तर्क संग मेल खाने खालका थिए ।

केपी ओलीले लिएको नीतिले के कुरा प्रमाणित गरिदिएको छ भने यदि देश र जनताको पक्षमा काम गर्ने हो भने भारतको सहयोग बिना पनि यो देशमा राजनीति गर्न सकिन्छ । बिकाश निर्माण अगाडि बडाउन सकिन्छ र जनताको माया पाउन सकिन्छ । विपक्षको समेत साथ र समर्थन पाउन सकिन्छ । भलै आफ्नै पार्टीका केहि नेताहरुको आफू प्रधानमन्त्री बन्ने पदमोहले ओलीको आलोचना गरुन ।

ओलीको समर्थनमा जनताले सडकमा नारा जुलुस गरेको, ओलीको जयजयकार गरेको बिर्सनु हुदैन । एमालेले समर्थनलाई शक्तिमा बदल्न सक्नु पर्छ । अब संविधान संशोधन गरेर ५ वर्षको अबधिमा आधा अबधि कटेपछि १ चोटी मात्र अबिश्वाशको प्रस्ताब ल्याउन मिल्ने नियम बनाउनु पर्छ । सरकारले कमसेकम साढे दुइ वर्ष मज्जाले काम गर्न पाउँछ र सरकार अस्थिर हुने समस्या टर्छन सक्छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्बाचित राष्ट«पति चाहिन्छ भनेर बिबाद गर्न पनि पर्दैन । दोहोरो चुनाब खर्च पनि हुँदैन । बरु सकिन्छ भने खर्च बचाउन संसद चुनाब र स्थानीय चुनाब २ वटा मतपत्र प्रयोग गरेर एकै चोटी गर्दा पनि हुन्छ ।

हामी जनतालाई सधै गलत पार्टी र गलत नेतालाई जिताएको आरोप लाग्छ तर राजनीतिमा अशल मान्छे नै नभएपछि कसलाई भोट दिने त ? इमान्दार र सक्षम भएर जनताले छान्ने खालको नेता बनेर आउनु पर्छ । देश बिकाश गर्न बलियो र स्थिर सरकार हुनै पर्छ । आन्तरिक समस्या समाधान गर्न भारत धाउने परम्परा हट्नु पर्छ । नेपाल भारत सीमामा काँडेतार लगाएर सीमा ब्यबस्थित गर्ने पर्छ । नेपालमा अब भारत परस्त पार्टीहरुको भबिश्य छैन । आगामी चुनाबमा तिनीहरु नराम्रोसंग पछारिने छन् ।

हाम्रो नेपाल बनाउन प्राकृतिक श्रोत र साधान पनि हामीसंगै छन । मिहीनेत गर्ने हातहरु पनि हामि संगै छन । दर्शन, सिदान्त र बिचार पनि हामीसंगै छन् । माओ, माक्र्स र लेनिनको विचार बोकी रहनु पर्दैन । बरु बुद्धले दिएको शान्ति र इमान्दारिताको बाटो अनि मदन भण्डारीको जबजको अनुसरण गर्ने हो भने देश बनाउन अरु कुनै दर्शन चाहिन्न । माओ, माक्र्स र लेनिनको विचार बोकेर उनीहरुको नाम झुन्ड्याएर पार्टी खोल्न चाँही हुने अनि नेपाली माटो सुहाउदो मदन भण्डारीको जबज लागू गर्न चाँही किन नहुने ? यत्ति कुरा बिचार गर्ने हो भने देशले बिकाश र प्रगतिको बाटो लिने कुरामा कुनै संका गर्नु पर्दैन । चाडैनै नेपाल स्विज़रल्याण्ड जस्तो धनी र इजरायल जस्तो शक्तिसाली हुनेछ ।