११ कार्तिक २०८३, बुधबार

कुमार लामाको मुद्दामा बेलायतको जुरीमा विवाद

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-officer-kumar-lama-reuters-650_650x400_61425052621काठमाडौं, १६ साउन । द्वन्द्वकालमा बन्दीलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाविरुद्धको मुद्दाको छलफल ‘जुरी’ भित्रै सहमति नजुटेपछि शुक्रबार पनि टुंगोमा पुग्न सकेको छैन ।

पक्ष विपक्षमा मत नमिल्दा मुद्दालाई अन्तिम टुंगो लगाउन गठित १२ सदस्यीय जुरी शुक्रबार पनि निष्कर्षमा पुग्न नसकेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जस्टिस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट बहस सकिएपछि गत सोमबार दिउँसोदेखि जारी डेलिबरेसन (गहन छलफल) अझै निष्कर्षमा पुग्न नसकेको हो ।

निर्दोष वा दोषी जे सावित गरे पनि १२ जनाको जुरीबीच १०, २ वा ११, १ मत भए मात्र अन्तिम फैसलाको बाटो खुल्नेछ नत्र पुनः सुनुवाइ (रि–ट्रायल) हुने कानुनी प्रावधानले पटक–पटक जुरीबीच छलफल चलिरहेको छ ।

शुक्रबारसम्म सहमति हुन नसकेपछि न्यायधीशले सोमबार पुनः इजलास बस्ने जनाउ दिएका छन् ।

लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि जुरी अन्तिम फैसला लिन डेलिबरेसनमा व्यस्त भएको हो । जुरीमा हरेक क्षेत्रका व्यक्ति सहभागी हुन सक्छन् ।

‘अगष्टदेखि समर छुट्टी हुनुअघि फैसला आउने आशा थियो तर अझै कति समय लम्बिने हो भन्न सकिन्न’, स्रोतले भन्यो ।