काठमाडौं, १५ साउन । विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानमा गत श्रावण ३ गते देखि ‘विवेकशील निःशुल्क घुम्ती क्लिनिक’ अभियानमा नि:शुल्क स्वाथ्य परिक्षण गर्दै आइरहेको छ ।
त्यसै कार्यक्रमको निरन्तरता स्वोरुप विवेकशील नेपाली दलले आज बिहान ११ बजेदेखि ३ बजेसम्म चावाहिलस्थित अध्यात्मिक परोपकार संस्था, बुलबुले चोकमा ‘निःशुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको छ। विगत १ हप्ता देखि सञ्चालित निःशुल्क स्वास्थ्य क्लिनिकबाट ६ सयभन्दा बढीले सुविधा लिइसकेका छन् ।
हरेक हप्ताको कुनै २ दिन काठमाडौँ महानगरपालिकाको विभिन्न वडामा क्लिनिक सञ्चालन हुने गरेको कार्यक्रम संयोजक अविरल कार्कीले जनाएका छन् । ‘बिहान देखि बेलुकी सम्म काम मै ब्यस्त हुन्छु सामान्य जाच गराउन नि फुर्सत छैन, यस्तो ब्यस्ततामा सामान्य जाच गराउन गए पुरै दिन नै जान्छ,’ क्लिनिकमा भेटिएका जैमिनकृष्ण श्रेष्ठले भने, ‘आफ्नै घर टोलमै यस्तो निःशुल्क जाच भएकोले एक छिन् पसेर आफ्नो रक्तचाप जाच गर्न आएको हुँ, यस्तो अभियानले काठमाडौँ जस्तो व्यस्त सहरमा निकै लाभग्राही हुने छ’ ।
यस घुम्ती क्लिनिकमा स्वास्थ्य जाँचका साथै स्वास्थ्य जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आइरहेको कार्कीले बताउँछन् । हाल हप्तामा दुइटा यस्ता निशुल्क क्लिनिक सञ्चालन गरिएको र आगामी महिनाबाट दैनिक रुपमा काठमाडौँको बिभिन्न स्थानमा घुम्ती क्लिनिक आयोजना गरिने उनले जनाए ।
क्लिनिक सञ्चालनको मेरुदण्ड भनेकै नर्स र डाक्टर र स्वयंसेवक हुन् । यस घुम्ती क्लिनिकमा ४ डाक्टर ३९ नर्स र १२ जना स्वयंसेवक गरि ४५ जनाको समूहले सुरुको दिनदेखि हालसम्म पूर्णरूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । ‘फोनबाट नाम लेखाउने बेलादेखि यहाँ जचाउने ठाउँसम्म पनि महिलाहरू नै हुनुहुन्छ । मीठो बोली, नरम व्यवहार र सेवाको भावनाले गर्दा जाच गर्न आउनेलाई सजिलो भएको छ,’ उनले भने, ‘यस क्लिनिकलाई दैनिक घुम्ती क्लिनिकका रूपमा सञ्चालन गर्न सकेमा अझ धेरै काठमाडौँ बासिले सेवा पाउने थिए ।’
क्लिनिकबारे नियमित सूचना र समाचार विवेकशील नेपाली फेसबुकमार्फत गरिएको हुँदा सूचना पाउन निकै सहज गरिएको छ । साथै बिरामीहरूले आफ्नो अनुभव अरुलाई सुनाउँदै गरेर पनि क्लिनिकको प्रचारप्रसार भइरहेको छ । डाक्टर नर्सलाई यहाँ आएर सेवा प्रदान गर्न अनुरोध गर्ने, बिरामीलाई सूचना प्रभाह गर्न नि सामाजिक संजाल नै बढी प्रयोगमा लाएको छ।
विवेकशिल नेपाली दल स्थापना देखी नै हामी गर्छौ भन्ने हैन गरेर देखाउने हो भन्दै हरेक हप्ता उधमशिलता, भ्रष्टाचार बोरोध, जस्ता कार्यक्रम पनि निरन्तर गर्दै आएको छ । हालै विवेकशिल नेपालीले गरेको डाक्टर केसी बचाउ अभियानमा हजारौ युवाले साथ दिएका थिए ।













प्रतिक्रिया