धनगढी, १५ साउन । बडीमालिका यातायात प्रालि सञ्चालनमा रोक लगाउन कैलाली लगायत सुदूरपश्चिमभरी नै शनिबारदेखि यातायात ठप्प भएका छन् ।
यातायात व्यवसायीहरुले बडीमालिका यातायात प्रालि नियम विपरित सञ्चालन भएको आरोप लगाउदै यातायात ठप्प पारेका हुन् ।
शनिबार विहानदेखि सवारी चालक, व्यवसायीहरुले गाडि चलाएका थिएनन् । उनीहरु समुह बनाई जिल्लाका विभिन्न ठाउँमा चलेका गाडिहरुलाई रोक्दै थिए । उनीहरुले लामो दुरीका आप्mना यातायातहरुलाई नचलाउने भन्दै गरेको चक्काजामका कारण विद्युतीय रिक्सा, मालबाहक गाडि लगायतलाई पनि समस्या भएको थियो ।
आफ्ना सवारी साधन त चलाएका थिएनन् तर, विद्युतिय रिक्सा, मालबाहक गाडिहरुलाई पनि रोक्दै फिर्ता पठाउने गरेका कारण छोटो यात्रा गर्ने यात्रुहरुले दुःख पाईरहेका थिए । शनिबार बिहान ११ बजेतिर कामले धनगढीको चौराहदेखि बोराडाँडीसम्म विद्युतिय रिक्सामा जाँदै गरेका सुरेश उप्रेतीले भने विद्युतीय रिक्सामा बोराडाँडी जाँदै थिए चटकपुरको शहिद गेटनिर लागेका आन्दोलनकारीले रिक्सालाई माथि जान दिएनन्, हिड्दै जानुपर्यो ।
उनले यातायात व्यवसायीहरुको आफुभित्रको द्वन्दले सर्वसाधारणलाई दुःख पाएको बताए । उनीमात्र होईन् विद्युतिय रिक्सामा बोराडाँडी, गेटा, अत्तरिया लगायतका ठाउँमा जाने सबै यात्रुहरुलाई आन्दोलनकारीहरुले शहिद गेटमै रोकी उनीहरुलाई पैदल हिड्न बाध्य पारेको थियो ।
शुक्रबार आठ यातायात व्यवसायीहरुले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुले लामो दुरीका यातायात चल्न नदिने बताएको थियो । तर, उनीहरुले छोटो दुरीका सवारी साधनलाई रोक्दै यात्रुहरुलाई दुःख दिएका थिए ।
आन्दोलनकारीहरुले भने विद्युतिय रिक्साहरुले सो क्षेत्रतिर जाने यात्रुहरुबाट महंगो शुल्क लिईरहेकोले उनीहरुलाई सोही ठाउँमा रोकेको आन्दोलनमा सहभागि विनोद लामाले बताए ।
सो क्षेत्रमा प्रहरी बिट छ तर, आन्दोलनकारीहरुले यात्रुहरुलाई दिएको दुःख हेरेर बसेको थियो । विद्युतिय रिक्साहरुले मह“गो शुल्क लिएमा कारबाही गर्ने निकाय थियो तर, यसरी आन्दोलनकारीहरुले विद्युतिय रिक्सामा सवार यात्रुहरुलाई रोक्दै विचबाटोमा अलपत्र पार्दा समेत सम्बन्धित निकाय मौन थियो ।
प्रहरी उपरिक्षक राजेन्द्र विष्टले भने प्रहरी सबै गाडि स्कर्टिङ गर्नमा लागेकोले जनशक्ति अभावका कारण यस्ता घटना नियन्त्रण गर्न चुनौति भएको बताए ।
शनिबारदेखि यातायात व्यवसायीहरुले गरेको चक्काजामका कारण काठमाण्डौंदेखि धनगढी फर्कन लागेका यात्रुहरु बिचबाटैमा अलपत्र परेका थिए भने डोटी, डडेल्धुरा, बैतडी लगायतका क्षेत्रमा पनि बिचबाटैमा यात्रुहरु अलपत्र परेको हाम्रा समाचारदाताहरुले जानकारी दिएका छन् । शनिबार काठमाण्डौबाट धनगढी आउने क्रममा पनि बडीमालिकाको एक बसमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरी कार्यालयले गाडि नम्बर भने खुल्न नसकेको जानकारी दिए ।
सिन्डीकेट कायमै
सर्वोच्चले २०६३ सालमै सबै प्रकारका सिन्डीकेट खारेजीको निर्णय गरेपनि २०६७ सालदेखि व्यवहारिक रुपमा देशैभरी कार्यान्वयन भएको थियो तर, कैलालीमा भने अझै यातायात क्षेत्रमा सिन्डीकेट कायमै छ ।
कैलालीमा कुनै नयाँ बस व्यवसायी समिति दर्ता हुने प्रक्रियामा होस् या, सञ्चालनको प्रक्रियामा होस् सुदूरपश्चिम बस व्यवसायी समितिले अबरोध गर्ने गरेको छ । २०६८ सालमा मालिका यातायात दर्ता प्रक्रियामा जा“दा सुदूरपश्चिम यातायात र कर्णाली रिभर साईडले संयूक्त आन्दोलन गरेर दर्ता प्रक्रिया रोक्ने प्रयास गरेका थिए । अन्ततः २०६९ साल चैत १७ गते मालिका यातायात दर्ताभई सञ्चालनमा आएको थियो ।
मालिका यातायात दर्ता भएपनि सुदूरपश्चिम यातायातले बसहरु सञ्चालनमा अवरोध गर्ने गरेको थियो । कहिले गाडि तोड्ने त, कहिले चक्का जाम गर्ने गतिविधी गरेपछि मालिकाले प्रशासनको सहयोग लिएपछि फेरी विवाद साम्य भएको थियो ।
२०७० साल माघ १० गते जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले मालिका यातायातका बहुसंख्यक सदस्यले संस्थाको दर्ता खारेजीका लागि निवेदन दिएपछि संस्था खारेज गरिएको जानकारी दिएका थिए । उनले मालिका यातायातका ४३ जना सदस्यमध्ये ३९ जनाले संस्था विघटनका लागि निवेदन दिएकाले खारेज गरिएको बताएका थिए । संस्था खारेजीपछि मालिका यातायातका ४६ ओटा गाडी र २३ जना कर्मचारी सुदूरपश्चिम यातायात बस व्यवसायी संघमा मिलेका थिए ।
सुदूरपश्चिम वस व्यवसायी समितिले २०६८ सालमा मालिका यातायात वस व्यवसायी समितिको दर्ता कार्यमा अवरोध गर्यो । सुपको अवरोधपछि विभिन्न आन्दोलन भएपछि अन्ततः प्रशासनको पहलमा मालिका यातायात वस व्यवसाय समिति दर्ता भयो ।
मालिका यातायात सुप यातायातमा गाभिएपछि सुप यातायातले विभिन्न बहानामा कर्णाली रिभर साईड यातायातका गाडिहरुमा अवरोध गर्ने गरेको थियो । २०७२ सालमा पनि सुदूरपश्चिम यातायातले कर्णालीका केही गाडिहरुमा तोडफोड गरेको थियो ।












प्रतिक्रिया