१९ कार्तिक २०८३, बिहिबार

बुहारी मार्ने सासु छोरासहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १५ साउन । पर्सामा एक महिलाको परिवारबाटै हत्या भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भेडीहारी–९ बस्ने २५ वर्षीया रमावती देवी महतोलाई कर्तव्य गरी मारेको अभियोगमा मृतकका श्रीमान प्रमा महतो र सासु जगिया देवीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खवर प्राप्त हुनासाथ घटनास्थलमा खटि गएको प्रहरीले खोजी गर्दा घरदेखि करीव ७० मिटर उत्तरमा रहेको सोही ठाउँ बस्ने नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा रमावतीको शव फेला परेको थियो ।