१९ कार्तिक २०८३, बिहिबार

सहिदको सम्झनामा रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blood-donation

उदयपुर १५ साउन । नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा शनिबार विबिध कार्यक्रमको आयोजना गरेको छ ।

संगठनले शनिबार विहान निजामती कर्मचारी सहिदको सम्झनामा अन्तरक्रिया र दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदानमा जिल्लाका १ सय १५ जना जनाले रगत दान गरेको संगठनका अध्यक्ष देवराज कोईरालाले जानकारी दिए ।

संगठनले बर्षेनी सहिदको सम्झनामा रक्तदानसँगै अन्य गतिबिधि सञ्चालन गर्दै आएको छ । रगतको अभावमा कोहि पनि विरामीको ज्यान नजाओस भन्ने हेतुले संगठनले एक दसक यता रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष कोईरालाले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रम पुर्व आयोजित अन्र्तरक्रियामा सहभागिहरुले सहिद मनोज झपेन्द्रको स्मरण गर्दै उनीहरुको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विमल कार्की, अन्य राजनीतिक दल, कार्यलय प्रमुख, पत्रकार, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।