११ कार्तिक २०८३, बुधबार

महरालाई मन्त्री नबन्न श्रीमती सीताको सुझाव

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahara-1-660x330

काठमाडौं, १५ साउन । केपी ओली नेतृत्वको सरकार हटाएर नयाँ गठवन्धन बनाउन लागिपरेका माओवादी नेता कृष्ण बहादुर महरालाई उनकी पत्नी सीताले मन्त्री नबन्न सुझाव दिएकी छन् ।

नयाँ पत्रिकाले सोधेको १०१ प्रश्नको जवाफ दिने क्रममा सीताले अब बन्ने सरकारमा सकभर मन्त्री नबन्न सुझाव दिएको खुलाइन् ।

उनले भनेकी छन्- ‘मन्त्री भए पनि काम गर्न दिदैनन । राम्रो काम गर्‍यो भन्ने थोरे हुन्छन केहि गरेन भन्ने धेरै हुन्छन । त्यस्तो भएपछि किन मन्त्री बन्नु भनेर भनेको छु ।’

पार्टी फुटेरै खत्तम हुने भयो भन्ने चिन्ता धेरै गर्ने महराले मोहन वैद्यलाई पार्टीमा फर्काउन गरेको धेरै मेहेनत सफल नभएको बताइन । महरालाई वैद्यले नै कम्युनिष्ट पार्टी सदस्यता दिएका थिए ।