काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागि पर्ने चेतावनी दिएका छन् ।
कुनै पनि विदेशी मुलुकको नाजायज स्वार्थ नेपालले मान्नुपर्छ भन्ने अस्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले छमेकी तथा विदेशी मुलुकले नेपालको राष्ट्रिय स्वार्थविरुद्ध जान खोजे त्यसको सशक्त प्रतिवाद हुने चेतावनी समेत दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
मदनभण्डारी फाउन्डेसनले शुक्रवार आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रो मुलुकमा विचित्रको स्थिति छ। विदेशीले यसो गर उसो गर भन्छटन्। म भन्छु हाम्रा मित्रहरुले मित्रको स्थानमा बसेर हामीसँग व्यवहार गरुन् । छौंडा खेलाएर रातदिन दुःख दिने होइन । अत्यन्तै बेठीक तरिका हो त्यो ।’
दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्रप गर्ने गरेको तर्फ प्रधानमन्त्री ओलीको आक्रोश थियो ।
उनले स्वतन्त्र देशका हिसावले चीनसँग भएका स्म्झौतामा अब बन्ने सरकारले जे पायो त्यही गर्न नसक्ने बताए ।
उनले भने,‘सरकार सचेत जनताको घेरामा हुनेछ । सरकार चल्ने त नेपालमै हो । बाहिर गएर सरकार चल्ने त होइन होला नी ? नयाँ पिँढी यसरी जागेको छ, तलमाथि गर्न सकिने सम्भावना छैन ।’















प्रतिक्रिया