११ कार्तिक २०८३, बुधबार

एक वर्षमा पाँच सय ९८ को हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

murderकाठमाडौं, १५ साउन । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् ।

हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२–७३ मा अपराधका २८ हजार पाँच सय ६३ घटना दर्ता भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अपराधका घटना आव ०७१–७२ मा २८ हजार ७० थिए । आव ०७०–७१ मा भने २७ हजार तीन सय ८६ घटना भएका थिए । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरीको सक्रियताले अपराधको वृद्धिदर घटेको बताए । ‘गत वर्ष देशको अवस्था निकै असामान्य थियो,’ जोशी भन्छन्, ‘यस्तो अवस्थामा पनि नगन्य मात्र अपराध बढ्नु भनेको हाम्रो सफलता नै मान्नुपर्छ।’

प्रहरीका अनुसार पछिल्ला वर्षमा हत्या, हातहतियारजस्ता अपराधका घटना घटेका छन् । बलात्कार तथा मानव बेचबिखन, ठगीजस्ता सामाजिक अपराधका घटना भने बढ्दै गएको प्रहरीको तथ्यांक छ । डाँका–चोरी, लागुऔषधका घटना पनि बढेका छन् ।

लोबजारीसम्बन्धी कारबाही करिब तीन गुना बढेको छ । अघिल्लो वर्ष ९४ मुद्दामा कारबाही भएकोमा आव ०७२/७३ मा तीन सय ४४ मुद्दामा कारबाही भएको छ । अघिल्लो वर्ष ७० जनाको अपहरण भएकोमा गत आवमा ७७ जनाको अपहरण भएको छ । बलात्कारका घटना अघिल्लो वर्ष नौ सय ८१ रहेकोमा गत आवमा एक हजार ९० रहेको तथा मानव बेचबिखनका घटना एक सय ८१ बाट बढेर दुई सय १२ पुगेको प्रहरीको तथ्यांक छ ।

एक वर्षमा पाँच सय ९८ को हत्या दैनिक १२ आत्महत्या प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ ।

तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आव ०७२/७३ मा देशभर ५९८ को हत्या भएको प्रहरीको तथ्यांक छ ।

तीमध्ये एकको डाँका समूहद्वारा हत्या भएको हो । ६ सय ६४ जनामाथि हत्या प्रयास भएको छ । प्रहरीका अनुसार हत्याका घटना केही घटेका छन् । आव ०७१/७२ मा भने ६०८ को हत्या भएको थियो भने ७०५ को हत्या प्रयास भएको थियो ।

एक वर्षमा पाँच सय ९८ को हत्या  

दैनिक १२ आत्महत्या प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् ।

उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।

आव ०७२/७३ मा देशभर ५९८ को हत्या भएको प्रहरीको तथ्यांक छ । तीमध्ये एकको डाँका समूहद्वारा हत्या भएको हो । ६ सय ६४ जनामाथि हत्या प्रयास भएको छ । प्रहरीका अनुसार हत्याका घटना केही घटेका छन् । आव ०७१/७२ मा भने ६०८ को हत्या भएको थियो भने ७०५ को हत्या प्रयास भएको थियो ।

प्र्रहरीको तथ्यांकअनुसार उपत्यका र मध्यमाञ्चल क्षेत्रमा धेरै अपराध हुने गरेको छ । आव ०७२/७३ मा उपत्यकामा ६ हजार ३९९ र मध्यमाञ्चलमा ६ हजार ३७७ अपराधका घटना भएका छन् । पूर्वाञ्चलमा ६ हजार २४७, पश्चिमाञ्चलमा पाँच हजार ९०३, मध्यपश्चिममा दुई हजार ९१७ र सुदूरपश्चिममा एक हजार ५०७ घटना भएका छन् ।