
– कृष्ण ओझा
पाँचथर, १४ साउन । अविरल बर्र्षाका कारण फिदिम आठराई पुष्पलाल लोकमार्ग पहिरोले यातायात अवरुद्ध भएको छ । गएराती परेको पानीले मध्यपहाडी लोकमार्ग फिदिम नगरपालिका ५ सरखण्डे खण्डमा बढेमानको ढुंगा खसेर अबरुद्ध भएको हो ।
सडकखण्ड पूरै अवरुद्ध छ । बढेमानको ढूंगालेअवरोध गरेको खबरले पाँचथरका प्रमूख जिल्लाअधिकारी किरणथापा, प्रहरीप्रमूख कृष्ण प्रसाद कोईराला, प्रहरी जवान, स्थानी यूवाहरुले पन्छाउनका लागी अवलोकन गरेका थिए ।

स्थलगत अबलोकन गरी सबै सरोकारवाला निकायहरुलाई जानकारी दिई पहिरो हटाइ सडक सूचारु गर्ने तर्फ स्थानीय प्रसासन लागेको बताइएको छ ।
अबरुद्ध ढुंगालाई स्थानीय स्तरमा उपलब्ध हूने सबै किसिमका प्रविधि र जनसक्तिको प्रयोग गरी चाडै खुलाउने र यात्रुहरुको सूरक्षाका लागी घटनास्थल वर पर प्रहरी टोलि समेत परिचालन गरीएको प्रहरीले जनाएको छ ।
बाटोको बढेमानको ढूंगा भएकाले शनिबार सम्ममा ब्रेकरले पन्छाउन सकिने प्रहरी प्रमूख कष्ण प्रसाद कोइरालाले बताए । त्यस क्षेत्रमा चल्ने सवारी र यात्रूहरुलाइ बाटो अबरुद्ध भएको जानकारी समेत प्रहरीले फेसबूक सन्जालमार्फत सूचना गरेको छ ।












प्रतिक्रिया