दैलेख, १४ साउन । दैलेख जिल्लामा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले ११ औँ वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
विभिन्न विकास साझेदार संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै आएको सोसेकले आगामी दिनका लागि योजना तय गर्न, भावी रणनीति तथा कार्यनितीको खाका कोर्न समेत गोष्ठिको आयोजना गरेको थियो ।
गोष्ठिमा संस्थाद्धारा संञ्चालित परियोजनाहरुको वार्षिक प्रगति समिक्षा, रणनैतिक योजना तर्जुमाका साथै क्षमता विकास क्रियाकलापहरु संचालन गरि सम्पन्न भएको छ । दैलेख, कालिकोट र अछाम जिल्लामा संञ्चालित विभिन्न परियोजना अन्र्तरगत उत्थानशिल जिविकोपार्जन सवलिकरणमा सामुदायिक पहल सुदृढिकरण परियोजना (सरल), उच्च मूल्य कृषि वस्तु विकास आयोजन, सामाजिक आर्थिक विकास कार्यक्रम, ग्रामिण जलश्रोत ब्यावस्थापन परियोजना, सहयात्रा परियोजना, जलस्रोत ब्यावस्थापन कार्यक्रम, महिला, युवा तथा वालवालिका प्रवद्र्धन कार्यक्रम, अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना, एकिकृत सामुदायिक विकास परियोजना र सोसेकको आन्तरिक कोषवाट संचालित कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजकहरु र सामाजिक परिचालकहरुले कार्यक्रम संञ्चालन गर्दा सिकेका सिकाईहरु, आईपरेका समस्या तथा चुनौतीहरु आदान प्रदान गर्नुका साथै त्यसको समाधान गर्न प्रयत्न गर्नुपर्ने विभिन्न उपायहरुका बारेमा छलफल गरिएको थियो । गोष्ठिमा संस्थाको वाल संरक्षण निती, जेसी पोलिसी, भष्टचार विरुद्धको निती लगायतका विभिन्न निति नियमहरुका विषयमा संस्थाका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले पष्ट पार्नु भएको थियो । क्षमता विकास क्रियाकलाप तर्फ सामाजिक परिचालन, विपद् जोखिम ब्यावस्थापन, लैङ्गिक तथा सामाजिक सवावेशीकरण, द्वन्द्ध ब्यावस्थापन, नेतृत्व विकास लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्काले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल विभिन्न चुनौतिको सामना गदै यहाँ सम्म आइपुगेको र छिमेकी जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गर्न सफल भएको बताइन । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई ११ औँ वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्म ल्याई पु¥याउन सहयोग गर्ने आजिवन सदस्य, साधारण सदस्य, कार्यसमिति सदस्य, परियोजना संयोजक तथा सामाजिक परिचालक लगायत सरोकार राख्ने निकायलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थाले लिएका रणनैतिक उद्देस्य अनुरुप कर्मचारी साथीहरुको क्षमता विकासद्धारा पारदर्शिता, शुसासन कायम गर्न हरेक वर्ष वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा कार्यक्रम गर्ने गरेको कार्य समिति सदस्य झलक भण्डारीले वताउनु भयो । गोष्ठि साउन ११ देखी १३ गतेसम्म संञ्चालन गरिएको थियो ।
संस्थाले दैलेख, अछाम र कालीकोटका विभिन्न विकट गाविसमा विकास निर्माण, सामाजीक चेतनास्तर अभिवृद्वी, शैक्षिक रुपान्तरणलगायतका थुप्रै क्षेत्रमा विगत लामो समयदेखि कार्यहरु गर्दै आएको छ । संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले आगामी दिनमा संस्थाले आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो पार्दै लैजाने दैनिक नेपाल सँग बताए ।













प्रतिक्रिया