काठमाडौं, १४ साउन । संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी युवा फोरम नेपालले बाढी पहिरो पीडितको सहयोगका लागि राहत संकलनलाई तीब्रता दिँदै संगठन बिस्तारलाई पनि सक्रिय पारेको छ ।
यसैबीच, काठमाडौंको एउटा सक्रिय युवा समूह समाजवादी युवा फोरममा प्रवेश गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा शुक्रबार आयोजित एक समारोहमा दर्जनौं युवाहरु युवा फोरममा प्रवेश गरेका हुन् ।
युवा फोरम प्रवेश गर्नेहरुमा डा. सुनिल कुमार यादव, सुशान्त अधिकारी, भोला खड्का, सुशिल श्रेष्ठ, जयकुमार राम, केशवकुमार पासवान, अम्रित कुमार यादव, रामकैलाश राय यादव, अशोक कुमार साह लगायतका युवाहरु रहेका छन् ।
युवा फोरम काठमाडौं जिल्लाका अध्यक्ष दीपक झाको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादव, युवा फोरमका इन्चार्ज संजय यादव, युवा फोरमका महासचिव अजयकुमार यादव, उपमहासचिव दुर्गामणी सुवेदी लगायतले नवप्रवेशी युवाहरुलाई अबिर र खादा सहित स्वागत तथा बधाई दिएका छन् ।













प्रतिक्रिया