१९ कार्तिक २०८३, बिहिबार

विद्युत् सर्टभई आगलागी हुँदा ४० लाख नगदसहित १ करोडको क्षति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aaglagi bata 35 lakh nagad nasta (1)

– नरेश केसी

भैरहवा, १४ साउन । जिल्लाको बेलबास स्थित भिमेश्वर ड्रिलिंग उद्योगमा बुधबार सांझ आगलागी हुदां ४० लाख नगद सहित १ करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट उद्योगका सबै कागजात जलेर नष्ट भएका छन् ।

अफिसमा राखीएको एसीमा जडीत विद्यूतको लाइन सर्ट हुदां सो कार्यलयका सबै कागजात जलेर खरानी भएका हुन् । “हामी कार्यलय बन्द गरेर भर्खर बाहिर निस्केका थियौं । लाइन सर्ट भएर एकैचोटी कार्यलय धुवैधुवा भयो । त्यसपछि हामीले दमकललाई बोलाउन धेरैचोटी फोन गरयौं । दमकल आउछु आउछु भन्यो आखिरमा आएन । धन्न गाउले छिमेकीको सहयोगले आगो नियन्त्रण भयो । नत्र घर नै ध्वस्त हुन्थ्यो ।” आगलागी बारे जानकारी गराउदैं कम्पनिका व्यवस्थापक रोशन प्रसाद भण्डारीले बताए ।

Aaglagi bata 35 lakh nagad nasta (3)

आगजानी भएपछि बुटवल उपमहानगरपालिकाको दमकललाई खबर गरेता पनि नआएको भन्दैं स्थानीयले समेत आक्रोश व्यक्त गरे । उनीहरुले भने “त्यो दमकल के का लागी आउछु आउछु भन्ने अनि नआउने । धन्न मान्छे नलागेको भए यो घर अहिले पुर्ण खरानी हुन्थ्यो ।”

आगजानी भएपछि बुधबार सांझ ६ः४१ देखी ६ः५४ बजेसम्म निरन्तर फोन गरीरहेता पनि दमकल नआएकोप्रति व्यवस्थापक भण्डारीले दुःखेसो प्रकट गरे ।

सोही कार्यलयमा रहेका भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्स, स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि. र रमन सगरमाथा भीमेश्वर जेभीको कागजात पनि जलेका छन् । सोही दिन कम्पनिको कर तिर्न भनी राखेको ४० लाख नगद पनि आगलागीले खरानी बनाईदिएको छ । व्यवस्थापक भण्डारीले भने “कर तिर्नकोलागी मंगलबार र बुधबारगरी कुमारी बैंकबाट ४० लाख निकाला गरिएको थियो । सधैं नगद त्यहि हुन्थ्यो । एक्कासी आगलागी हुदां सो रकम पनि जल्यो । कम्पनिका सबै कागजात पनि जलेर नष्ट भयो ।”

Aaglagi bata 35 lakh nagad nasta (4)

आगलागीबाट भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्सको आर्थिक वर्ष ०६७।०६८, ०६८।०६९, ०६९।०७०, ०७०।०७१ का अर्डिट रिर्पोट, बिल भरपाई एवं सम्पुर्ण कागजात जलेका छन् । यसैगरी स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि.को ०७१।०७२ को कागजात जलेको छ । आगलागी भइसकेपछि आगो निभाउदा प्रयोग गरिएको पानीको कारण आर्थिक वर्ष ०७२।०७३ को कागजातहरु सबै भिजेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । आगलागीकै कारण कार्यलयमा रहेका कमप्युटर १ थान, ल्यापटप १ थान, प्रीन्टर २ थान, फोटोकपी मेसीन १ थान र युपीएस १ थान पनि जलेर नष्ट भएको व्यवस्थापक भण्डारीले जनाए । उनले भने “कागजात सबै जले, नगद ४० लाख र कमप्युटर पनि जल्यो । सबै गरेर १ करोड नोक्सान भएको छ । ”

आगलागी सम्बन्धमा इलका प्रहरी कार्यलय बुटवलले मुचुल्का तयार गरी सम्बन्धित निकायमा पठाएको प्रहरी निरीक्षक राजु कार्किले जनाए ।

Aaglagi bata 35 lakh nagad nasta (2)

सहदेव खड्काको नाममा दर्ता रहेको भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्स को स्थायी लेखा नम्बर ३०४८९४१५२ रहेको छ । उक्त कम्पनि मार्फत डिप बोरिंग तथा खानेपानी लगायतको काम देशैभर हुदैं आएको छ । अहिले पनि बारा , पर्सा र रौतहटमा काम भइरहेको छ । यसैगरी ६०२४४३४६७ नम्बर स्थायी लेखा नम्बर रहेको स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि. मार्फत जनकमपरमा दुईवटा ठूला परियोजना भइरहेका छन् । दिगम्बर खानेपानी आयोजना र प्रेमपुर खानेपानी आयोजनाको काम भइरहेको छ। यसैगरी सर्लाहीमा जुडबेला सिंचाई आयोजनाको काम भइरेहेको छ । त्यसैगरी ३०५८७८३८६ लेखा नम्बर रहेको रमन सगरमाथा भीमेश्वर जेभी मार्फत हाल प्रगतिनगर पश्चिम कालिकानगर खानेपानी आयोजना र नया गाऊ सह लगानी खानेपानी आयोजना लगायतका काम भइरहेको छ ।

आगलागी भएसंगै सामन्यतया ती कम्पनी मार्फत भइरहेका काम पनि प्रभावित हुने आशंका पैदा भएको छ । लगातारको वर्षात तथा विद्युतको भोल्टेज लो र हाईको कारण विद्युत सर्ट हुदां नीजि कम्पनीको नगद र कागजात नष्ट भएता पनि दिर्घकालिन रुपमा समुदायलाई नै नोक्सान पुग्ने देखिएको छ ।

Aaglagi bata 35 lakh nagad nasta (5) Aaglagi bata 35 lakh nagad nasta (6) Aaglagi bata 35 lakh nagad nasta (7)  Aaglagi bata 35 lakh nagad nasta (9)Aaglagi bata 35 lakh nagad nasta (8)