१९ कार्तिक २०८३, बिहिबार

बन र बन्यजन्तु संरक्षणका लागि भूमिगत ट्युबेल जडान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tyubel

– मोहन विष्ट

कञ्चनपुर, १४ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा बन, पर्यावरण र बन्यजन्तुका लागि भूमिगत ट्युवेल जडान गरिएको छ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले बन, पर्यावरण र बन्यजन्तु संरक्षणका लागि भूमिगत टुवेल जडान गरेको हो ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले जिल्ला कृषि विकास कार्यालयको सहयोगमा भूमिगत टुवेल जडान गरिएको बताउनुभयो । अध्यक्ष जोशीका अनुसार साउन दोस्रो साता जडान गरिएको हो ।

टुवेल जडानबाट बहुबर्षिय नर्सरी सिँचाई, बन्यजन्तुका लागि पानि र पोखरीका लागि पानी सुविधा हुने छ ।

सामुदायिक वन समन्वय समितिको नर्सरी क्षेत्रमा सिँचाईको अभावका कारण समस्या भएको भन्दै सरकारी निकाय संगको सहकार्यमा टुवेल जडान गरिएसंगै संरक्षणका कार्यक्रम गर्न सजिलो हुने बताए । समन्वय समितिको हरेक बर्ष पर्यावरण संरक्षणका लागि भन्दै विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्दै आएको छ ।