१ कार्तिक २०८३, शनिबार

व्हाट्स एप र फेसबुकले मिलायो बाबुछोरालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

babu-chora

– शेरबहादुर थापा

मुम्बई, १४ साउन । मुम्बईमा प्रायः प्रवासी नेपालीहरु हराउने र मृत्यु हुने क्रम बढदै गएको छ । हराएका कतिपय भेटिन्छन त कतिपय भेटिदैनन् ।

यस्तैमा हिजो एउटा हृदयविदारक ट्रेजेडीलाई नेपाल न्यूजले सुल्झाएको छ । सामाजिक सञ्जाल व्हाट्सएप मार्फत रेल दुर्घटनामा परि घाईते भएका १५ वर्षीय एक नेपाली बालक डम्बर साउदलाई नेपाल न्यूजले विहीवार आफन्तहरुसँग मिलन गराएको हो । १२ जुलाईका दिन ठाणेको दिवामा नोकरी गर्ने बुवा कालुसिंह साउदसँग छोरा डम्बर साउँद कुर्ला जान्छु भनि घरबाट दिउँसोको समयमा निस्कएका थिए । त्यसपछि साउँद परिवारसँग छोराको सम्पर्क पूर्ण रुपले टुटेको थियो । छोरा सम्पर्कमा नआएपछि आमा बिष्णुदेवी साउँदले धनगढी, कैलालीबाटै र बुवा कालुसिंह साउँदले दिवाबाटै मुम्बई तथा ठाणेमा रहेका आफन्तहरुलाई छोरा हराएको जनाउँदै खोजी गरिदिनका लागि गुहार लगाए ।

कतैबाट पनि छोरा नभेटिएपछि साउँद दम्पती छोरा गुमाएको महशुस गरि पुत्र वियोगमा चिन्तित र निराश थिए । घरबाट निस्कएकै दिन (१२ जुलाई) डम्बर साउदलाई डोम्बिवली स्टेशन निकट रेल्वे लिकमा दुर्घटनामा परि अचेत अवस्थामा रेल्वे प्रहरीले फेला पारेको थियो । सोही दिन रेल्वे प्रहरीले उपचारका लागि उनलाई सायन हस्पिटलमा पुर्यायो । वेहोस अवस्थामा भएका डम्बरले घरमा सम्पर्क गर्न र आफ्नो अवस्थाबारे अवगत गराउन सकेनन् । उनलाई दुर्घटनामा परि घाईते भएको सात दिनपछि मात्र सामान्य रुपमा होस आएको स्रोतले बतायो ।

कसरी भेट गरायो परिवारसँग ?

मुम्बईको सर्वाधिक लोकप्रिय नेपाली दैनिक पत्रिका नेपाल न्यूजमा एका विहानै फोन गरे । त्यो फोनमा एक बालक सायन अस्पतालमा उपचार भइरहेको तर उसका कोही पनि आफन्त नभएको जानकारी आयो । लगत्तै आफ्ना भाइको उपचारार्थ सायन हस्पिटलमा आएका मुम्ब्राका स्थायी बासिन्दा परवेज खानले हस्पिटलको बेडमा नेपाली अनुहारको बालकलाई ११ दिनदेखि एक्लै देखेपछि खानले आफूले चिनेका केही नेपाली साथीहरुसँग बालकको अवस्थाबारे जानकारी गराए । खानले मोवाईलमा खिचेको तस्वीरसहित मुब्राकै कृष्ण सापकोटालाई पनि डम्बर साउदका बारेमा बेलिबिस्तार सुनाए । त्सपछि सापकोटाले तुरुन्तै नेपाल न्यूजमा फोनमार्फत बालकको पछिल्लो अवस्थाका बारेमा जानकारी दिए । यस दौरान खानले नेपाल न्यूजमा बालकको तस्विर पठाउँदै पटक–पटक फोन गरे । नेपाल न्यूजका शेरबहादुर थापाले बालकबारे प्राप्त सबै जानकारीहरु व्हाट्सएपका विभिन्न ग्रुप तथा फेसबुकमा शेयर गरे । यसलाई नेपाल भूल एकता समाजका केन्द्रिय कोषाध्यक्ष हस्त भूलले पढेपछि तुरुन्तै बालकको थप अवस्थाको बारेमा जानकारी हासिल गर्न सक्रिय रुपमा पहल गरे । मानसिक तनाव खेपिरहेका बालक डम्बरले हस्त भूललाई नेपालस्थित आमा विष्णु देवी साउदको मोवाइल नम्बर मात्र बताउन सके । त्यसपछि देवामा रहेका बालकका बुवासँग सम्पर्क गरि उनको भेट गराउन सफल भए । दिनभरिको असाध्यै मेहनत पश्चात नेपाल भूल एकता समाजका पदम भूल, ललित भूल, गमे भूल, प्रकाश भूल, विनोद भूल, खकेन्द्र भूल, दिर्घ भूल, पहल भूल र संयुक्त नेपाली महासंघका हर्क विवश खनाल लगायतले अस्पतालमै गएर बालकलाई भेट गरेका थिए ।