११ कार्तिक २०८३, बुधबार

साउदी अरबको रियादमा मात्रै नेपालीका एघार शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Riyadh_830X370pxlकाठमाडौं, १४ साउन । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ ।

तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहाँबाटै सबै प्रक्रिया अघि बढ्छ’, विभागका महानिर्देशक गणेश ढकालले भने ।

उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ ।

असारमा मात्रै २३ शव ल्याउन निवेदन

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको तथ्यांकअनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ । रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतार र अबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन परेको हो।

विभागले सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गर्छ। विभागका महानिर्देशक गणेश ढकालले भने,‘हामीले सहजीकरण गरिदिने हो। जीवित वा मृतक नआउन्जेलसम्म सम्बन्धित परिवारका सदस्यहरू आउनुहुन्छ, काम भइसकेपछि आउनुहुन्न।’ कतिपयको मृत्युबारे ढिलो थाहा हुन्छ।

६६ जना अलपत्र

खाडी मुलुकमा अलपत्र परेका ६६ नेपालीलाई उद्धार गरिदिन विभागमा निवेदन परेको छ। उनीहरूलाई ल्याउन विभागमार्फत सम्बन्धित दूतावासमा निवेदनसमेत पुगेको छ। सहज अवस्थामा रहेकालाई ल्याउन धेरै गाह्रो नभएको विभागले जनाएको छ।

शव ल्याउन पाँच लाख

मध्यपूर्वबाट नेपालीको शव ल्याउन कम्तीमा पाँच लाख रुपैयाँ लाग्छ। कानुनी रूपमा गएकाहरूको हकमा सम्बन्धित कम्पनीले नै खर्च व्यहोर्छ। गैरकानुनी रूपमा जानेले भने शव आफैँ ल्याउनुपर्ने हुन्छ। यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहयोग गर्छ।

‘एयर कार्गोबाट शव ल्याउनुपर्छ, जीवित मानिसभन्दा पाँच गुनाभन्दा बढी पैसा शव ल्याउन लाग्छ,’ विभागका एक अधिकारीले भने।