१९ कार्तिक २०८३, बिहिबार

इनार सफा गर्ने क्रममा बूढानीलकण्ठमा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । बूढानीलकण्ठ नगरपालिका–१९ कपन पैयुँटारमा इनार सफा गर्ने क्रममा आज तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनार सफा गर्न गएका २४ वर्षीय ईश्वर खड्का र उनकै भाइ २० वर्षीय किशोर तथा १८ वर्षीय विशाल बस्नेत रहेको प्रहरीले जनाएको छ । आफ्नै घरको ४५ फिट गहिरो इनार सफा गर्न गएका ईश्वर नफर्केपछि उनलाई बचाउन गएका किशोर र विशालको मृत्यु भएको हो ।

इनारभित्र फसेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएकामा उनीहरुको बाटैमा मृत्यु भएको हो । रासस