गत भदौमा सौर्य कलेजको नयाँ जिम्वेवारी लिएपछि यसपाली आउने सबै बिद्यार्थी हाम्रा लागि नयाँ थिए । नयाँ आउने बिद्यार्थीहरुलाई केहि नयाँ तरिकाले स्वागत गर्ने सोच्दै थिए । एक बिहान चिया पसलमा चिया पिउदै पत्रिका हेर्दै थिए । यसैमा आखा पुग्यो धुर्मुस सुन्तलीको समाचारमा । समाचारको हेडलाइन थियो जुट्यो पौने ५ करोड । सबै पढेपछि थाहा भयो अब धुर्मुस सुन्तलीले आर्थिक सहयोग नलिने श्रमदान मात्र लिने । र स्वागतको नयाँ जुक्ति निस्कियो श्रमदान सहितको स्वागत कार्यक्रम । आएर साथीहरुलाई सुनाए सबैले मन पराउनु भयो । र बिद्यार्थीहरुलाई अलि भावनात्मक तरिकाले सुनाए । सबैले होटल वा पार्टी प्यालेसमा मासुभात र नाचगान सहितको स्वागत भन्दा समाजसेवा सहितको स्वागत नै रुचाए । सबै तयारी पुरा भयो र लाग्यौ साउन ६ गते सिन्धुपाल्चोकको गिरानचौर । जहाँ कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र उहाँकी पत्नी कुन्जना घिमिरे(सुन्तली)को पहलमा एकै ठाउँमा ६५ वटा घर निर्माण भैरहेका थिए । यो जोडीको पहलमा यसअघि पनि काभ्रेमा यस्तै तर अलि सानो एकीकृत नमुना बस्ति बनिसकेको थियो । यो गिरानचौरमा भने शहरका जस्तै एटेज ट्वाइलेट बाथरुम सहितका अत्याधुनिक घरहरु बन्दै थिए । कलेजबाट मित्र दिपक बास्तोला, सबिर मन्सुर ।
गिरानचौरमा जहाँ निर्माण भैरहेका घरहरु एकै ठाउँमा छन् । सिंगो गाउँ नै एकै ठाउँमा आएपछि अब विकासका पुर्बाधार पुर्याउन सजिलो भएको छ । हाम्रो देशको बिकट गाउँ जबसम्म एकीकृत बस्तिमा परिणत हुन्न तबसम्म गाउँको विकास वा गाउँमा सेवा सुबिधाको परिकल्पना नगरे हुन्छ । अबको नयाँ नेपाल निर्माणकर्ताहरुले धुर्मुसबाट पाठ सिक्न जरुरी छ ।
म अनि ३१ जना बिद्यार्थी करिब साढे ३ घन्टाको गाडीमा यात्रा अनि कलेजबस भएकोले सिन्धुखोला माथिको उकालोमा जान नसकेर १ घण्टाको पैदल यात्रा पछि हामी पुग्यौ निर्माणस्थल । पुग्दा धुर्मुस खाना खादै थिए । एकै छिन बसेपछि धुर्मुसले कसरी बनिरहेको छ सबै देखाए र उनी आफै काम गर्न थाले । भर्खर एसएलसी दिएर आएका राम्रोसंग खाएको थाल धुन नजानेका मेरा बिद्यार्थीले काम सुरु गरे । हामी सबैलाई धुर्मुसले साथ् मज्जाले दिए । काम गर्दा गर्दै पानी पर्न थाल्यो केहि बेर ओत त् लगियो र फेरि काम सुरु गर्यो । धुर्मुस पानीमा रुझ्दै तल माथि हेर्न आएकालाई कहिले भेट्ने सबैकाम गर्नेहरुकोमा पुग्ने एकछिन सबैलाई हसाउने फेरि आफै काम सुरु गर्ने अनि उनलाई देखेर सबै काममा फर्किने । करिब ३ घण्टाको निरन्तर काम पछि हाम्रो औपचारिक रुपमा बिद्यार्थीहरुलाई स्वागत गर्ने सानो कार्यक्रम सुरु भयो । हाम्रो कार्यक्रमका प्रमुख अतिथि धुर्मुस डोकोमा गिट्टी बोकिरहेका थिए । एकैछिनलाई बोलाएर सबै बिद्यार्थीहरुलाई खादा लगाएर स्वागत गरियो । त्यहाँ लैजानुको उदेश्य समाजसेवी धुर्मुसबाट हाम्रा बिद्यार्थीले केहि सिकुन भने पनि थियो र करिब १५ मिनेट धुर्मुसले हाम्रा बिद्यार्थीलाई मज्जाले पढाए पनि । र त्यहाँ १ बिशाल सामुदायिक हल र ६५ वटा होमस्टे बन्नेछन र त्यहि होमस्टेमा पुनः २ वर्षपछि बिदाई कार्यक्रम गर्ने बाचा सहित बिदा भइयो ।
भूकम्प पछि नेपालमा अब निर्माण कसरि गर्ने भन्ने बिषयमा एउटा शब्दमै अल्झिए हाम्रा शासकहरु । अब पुनःनिर्माण गर्ने कि नवनिर्माण गर्ने भन्ने बिषयमा । कसैले भने पुनःनिर्माण हुनुपर्छ त् कसैले भने यो मौका हो नवनिर्माण गर्नपर्छ । यहि पुनः र नव मै बहस गरे र आजपनि भूकम्प पीडितको हालत उस्तै छ । तर, माथि उल्लेखित काम चै नवनिर्माण हो । सिताराम कट्टेलको जन्मभुमी सोलुखुम्बु हो जहाँको जनघनत्व अत्यन्तै कम छ । खै कहाँ बाट आयो यो आइडिया तर मेरो विचारमा अबको नयाँ नेपाल धुर्मुसको बिकास मोडेलमा नजाने हो भने जति नै बजेटले गाउँमा प्रबेश पाए पनि असम्भव छ । धुर्मुसको उक्त नमुना बस्ति निर्माण पश्चात कुनै शहर भन्दा कमि हुने छैन् । एउटा गाउँ नै एकै स्थानमा आउनु भनेको चानचुने कुरा होइन । गाउँमा प्राय एउटाको घर हुन्छ अनि त्यसको वरीपरी धेरै जग्गाजमिन हुन्छ यानिकी नजिकै घर हुन्न् । हाम्रो देशको बिकट गाउँ जबसम्म एकीकृत बस्तिमा परिणत हुन्न तबसम्म गाउँको विकास वा गाउँमा सेवा सुबिधाको परिकल्पना नगरे हुन्छ । गिरानचौरमा जहाँ निर्माण भैरहेका घरहरु एकै ठाउँमा छन् । सिंगो गाउँ नै एकै ठाउँमा आएपछि अब विकासका पुर्बाधार पुर्याउन सजिलो भएको छ । गाउँमा भएजति सबैको आँगनमा बाटो पुगेको छ । किनकि छरिएका घरहरुमा सबै ठाउँ बाटो असम्भव छ । एउटा बस्तिमाथि खानेपानी ट्यांकी राखे पुग्नेभो अब पहिले सबैको घर घर पाइपबाट पानी पुराउन भौगलिक रुपमै जटिल थियो । उक्त गाउँ केन्द्रिकृत भएकोले एकै ठाउँमा अब विकास पुराए भयो अब त प्रत्येक घरहरुमा बिजुली, टेलिफोन, इन्टरनेट लगायत सबै सेवासुबिधा लैजान कठिन छैन । जुनसुकै कार्यक्रम आएपनि एकै ठाउँबाट अब सम्भब भयो सिन्धुपाल्चोकको गिरानचौरमा ।
अबको नयाँ नेपाल निर्माणकर्ताहरुले धुर्मुसबाट पाठ सिक्न जरुरी छ । यदि हाम्रा भीरपाखाहरुमा छरिएर रहेका बस्तिहरु अब यसरी नै एकीकृत बस्तिको रुपमा विकास नगर्ने हो भने । पहाडलाई अबको केहि वर्षपछि रानीबन घोषणा गरेहुन्छ र अन्नको उर्बर भुमि तराईका सबै जग्गा प्लाटिंग गरेर भएसम्म बस्ति बसेका छन् । अनि सबै मधेस एक प्रदेश होइन समग्र मधेस एक महानगरपालिका घोषणा गरे हुन्छ किनकि । तराईको जनसंख्या दिन दुइगुना रात चारगुणाले बढ्दो छ । त्यहि अनुपातमा पहाडका गाउँहरुमा घट्दो छ । यदि साच्चै गाउँमा विकासका मुहान फुटाउने हो भने सबै भन्दा पहिला छरिएका बस्तिहरुलाई एकीकृत गर्नु आबस्यक छ ।
घुर्मुस–सुन्तलीको यो कामप्रति साधुबाद ……

















प्रतिक्रिया