टोकियो । वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले २०१६ अगस्त ६ र ७ मा शिबुयाको योयोगी पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच र नेवार भेषभुषा र नेवार नृत्य र बाजाको प्रदर्शन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।
उक्त कार्यको लागि संयोजक रहेकी इन्दिरा सुजुकी राजभण्डारीले बिज्ञप्ति मार्फत उक्त कार्यक्रम को तयारी पूरा भएको जनाएकी हुन् ।
उक्त दिन जापानमा बस्नु हुने सम्पूर्ण नेवार दाजुभाइ दिदीबहिनीहरु सक्दो आफ्नो भेष भुषामा सहभागी भइ दिन उनले आग्रह गरेकी छिन् ।
‘सकेसम्म आफू पनि नसके आफ्नो बाल बालिकाहरुलाई मात्र भए पनि नेवार भेष भुषामा सहभागि भई दिन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
नेवार भेष भुषाका लागि सक्दो आफैले नसके वर्ल्ड नेवाः अरगनाईजेशन जापानमा सम्पर्क गर्न सकिनेछ ।
नेवार नृत्य, नेवार बाजा (धिमे, बाँसुरी इत्यादि), लाखे नाच र झ्यालिंचा नाच गर्न चाहने, कुनै पनि नेवार संस्कृति झल्कने कला प्रदर्शन गर्न इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न पनि भनिएको छ ।















प्रतिक्रिया