११ कार्तिक २०८३, बुधबार

करियर एडु फेयरमा प्राविधिक शिक्षाको चासो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

edu fairकाठमाडौं, १३ साउन । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको करिअर एडु फेयरमा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा ३५ वटा एजुकेशन कन्सल्टेन्सिी तथा ५० भन्दा बढि विदेश कलेजहरुको सहभागिता रहेको उक्त मेला शुक्रबारबाट तीन दिनसम्म सञ्चालन भएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

१३ वटा पेभिलियन र १ सय ३० वटा साना स्टल समावेश गरिएको मेलामा नेपाल, भारत, बंगलादेश, चिन र अमेरिकी विश्वविद्यालय तथा कलेजहरुको उपस्थित रहेको थियो ।

मेलामा उच्चशिक्षाका लागि उपयुक्त गन्तव्यको खोजी गर्न आउने अधिकांश विद्यार्थीहरुले प्राविधिकतर्फ बढी जोड दिएको मेलामा सहभागि नेट्को टेक्नोलोजी प्रालिका अध्यक्ष सरोजकुमार बस्नेतले बताए ।

त्यसैगरी मेडिकल एजुकेशनका बारेमा पनि मेलामा सहभागी विद्यार्थीहरुले बढि जानकारी लिएका थिए । त्यस्तै नेपाली विद्यार्थीहरुको परम्परागत शैक्षिक गन्तव्यका रुपमा रहँदै आएको भारतका ४० वटा कलेज तथा विश्वविद्यालयहरुले सहभागिता जनाएका थिए ।

शैक्षिक मेलाबाट विद्यार्थीले स्वदेश र विदेशको शिक्षा प्रणालीबारे सहजै बुझ्ने मौका पाएका थिए भने प्रेरणामूलक करिअर काउन्सेलिङ, मोटिभेसनल स्पिच र सेलिब्रेटीहरूसँग पनि उनीहरुले अन्तरक्रिया गरेका थिए ।