१ कार्तिक २०८३, शनिबार

अनेसास २०३ औ भानुजयन्ती कार्यक्रम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usa-anse

– गीता खत्री

न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले अनेसास, न्यूयोर्क च्याप्टरको सहयोगमा मिति जुलाई २४, २०१६ का दिन न्यूयोर्कस्थित ज्याक्शन हाइटसमा २०३ औ भानु जयन्ती कार्यक्रम भव्य रुपमा आयोजना गर्यो ।

अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा कार्यक्रम सुसम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संयुक्त राष्ट्र सघंका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि महामहिम श्री दुर्गाप्रसाद भट्टटाईको उपस्थित थियो भने विशिष्ट अतिथिहरुमा अनेसास विओटी सहअध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष गीता खत्री, महावाणिज्यदूत पुष्पराज भट्टराई, बाणिज्यदूत साहित्यकार कृसु क्षेत्री, उपबाणिज्यदूत प्रविन भट्टराईको उपस्थिति थियो । अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्री तथा अनेसास केन्द्रीय सल्लाहकार कमला प्रसाईको पनि उपस्थिति थियो । साथै कार्यक्रममा भाग लिन न्यूयोर्क, कनेक्टीकट तथा न्यूजर्सीबाट नेपाली साहित्यकारहरु तथा नेपाली भाषासाहित्यलाई माया गर्नेहरुको घुँइचो थियो । प्रमुख अतिथि लगायत अन्य उपस्थित विशिष्ट अतिथिहरुलाई अनेसास न्यूयोर्क च्याप्टरकी सदस्य विजय सिम्खडाले फूलका गुच्छा प्रदान गर्दै स्वागत गर्नु भएको थियो ।

usa-anse-1

कार्यक्रमको उद्घाटन स्थायी प्रतिनिधि तथा केन्द्रीय अध्यक्षबाट पानसमा बत्ती बाल्दै आदिकवि भानुभक्तको तस्वीरमा माल्र्यापणबाट गरिएको थियो । नेपाली तथा अमेरिकी राष्ट्रिय गीत गाएर कार्यक्रमलाई अगाडि बढाइएको थियो भने आगन्तुक पाहुनहरुलाई न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचय राजन थपलियाले दिनु भयो । विशिष्ट पाहुनाहरु लगायत प्रमुख अतिथिले प्रवासमा रहेर नेपाली भाषासाहित्यलाई उर्वरा गराउनमा अनेसासको ठुलो योगदान रहेको भन्दै शुभकामाना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा लोक दोहरीका प्रसिद्ध गायक बिमल डागीको सत्तरी बर्षीय आमा रुपधनी डाँगी लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा प्रतियोगितात्मक बालकविता बाचन गरिएको थियो । निर्णायक समितिमा प्रविन भट्टराई, ज्योति पौडेल, डा. तारा निरौला र पुनम काफ्ले हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा मिलि श्रेष्ठ प्रथम, कविन शाह दोस्रा र रायन श्रेष्ठ तेस्रा भएका थिए ।

त्यसपछि बयस्क कविता बाचनको कार्यक्रम सम्पन्न भएको थियो । पचास भन्दा बढी कविहरुले विभिन्न विषयमा आ-आफ्नो कविता, गजल तथा हाइकु बाचन गर्नु भएको थियो । करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति पदम विश्वकर्माले अनेसासले विगत एक बर्षमा सम्पन्न गरेको कार्यहरुको जानकारी दिदैं सभाको विर्सजन गर्नु भएको थियो ।

कार्यक्रम संचालन लोकदोहरी गायिका स्वरकी धनी, कवि तथा अनेसास न्युयोर्क च्याप्टरकी महासचिब शकुन्तला ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रको अन्त्यमा शान्त रात्रिभोजको आयोजना गरिएको थियो ।