२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा सहकर्मी तपाईका साथी किन हुँदैनन् ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIJAY-THAPA– विजय थापा

भ्रम नरहोस्, अमेरिकामा सहकर्मी तपाईका साथी कहिले हुँदैनन् । तर, नहुने भनेको चाही हैन । हुँदै हुँदैन भन्ने पनि यसको अर्थ हैन । एउटै प्रतिष्ठान तथा कार्यालयमा संगै काम गर्ने साथी साथीलाई सहकर्मी भन्ने गरिन्छ । साथी र सहकर्मीमा आकाश जमिनको फरक पनि हुन्छ । हामी काममा पनि आफ्ना सहकर्मीलाई साथी सम्झन्छौ । सम्झनु निश्चित पनि राम्रो हुन्छ । नेपालमा सहकर्मीलाई सबै कुरा खोलेर पनि भन्छौ । पारिवारिक चिनजान र घुलमिल पनि हुन्छ तर अमेरिकामा फरक संस्कार र संस्कृति रहेको छ । धर्म पनि फरक ।

हरेक दृष्टिकोणले अमेरिका बिशाल छ । क्षेत्रफल र जनसंख्या अत्यधिक भएकोले बर्षौ बर्षसम्म संगै काम गरेको सहकर्मी भएता पनि उ सहकर्मीमा मात्र सिमित हुन्छ । र साथी हुन् खोज्दैन र हुँदैनन् पनि । सामान्य रुपमा बोलचाल मात्र हुने हुन्छ । लामो समयसम्म काम गरेतापनि घर, मामल, ससुराली, घर परिवार सम्बन्धि चर्चा पनि गरिदैन । आफै भन्नेले आफै ओकल्ने पनि हुन्छन तर उनीहरु केवल सहकर्मीमा मात्र सिमित हुन्छन । त्यो भन्दा बाहेक अपेक्षा गर्नु हुँदैन र गर्दैनन् पनि ।

तर हामी लेपासीने कोसिस गर्छौ । नजदिक बन्ने प्रयास पनि गर्छौ । नगर्नु भन्ने सवाल चाही हैन । तर त्यस्तो गर्ने परिपाटी छैन । १० औ बर्षसम्म काम संगै गर्दा पनि त्यति खुलेर बताउने चलन छैन । ठुलो देश छ, जागिरको भर नहुने भएकोले तु निस्काशितमा परेपछि उ यत्रो देशमा कहाँ पुग्छ कहाँ ? साध्य नै हुँदैन । कालान्तरमा सम्पर्क पनि हुँदैन । अमेरिकनहरु ज्यादा ठाउँ तथा स्थान पनि परिवर्तन गर्ने भएकोले त्यस्तो साथी भाई नेपाल जस्तो स्थायीत्व रहँदैन । एक पटक सहकर्मी बाहिर गएपछि भेट्ने भन्ने सवाल नै हुँदैन ।

अमेरिकाको एक संस्थाले तपाई काम गर्ने ठाउँमा तपाईका सहकर्मी साथी किन हुँदैनन् भनि ५ कारण निष्कर्ष निकालेको छ । काम गर्ने ठाउँमा तपाईका साथी हैनन् है भनि सतर्कता गरेको छ ।

नयाँ कामदार नौलोः

तपाईले यो सोच्नु हुन्छ कि आफू अरु ठाउँमा काम गरि सकेको छु । पहिलेको काममा आफूले गहिरो सम्बन्ध स्थापित गरेको जस्तो लाग्छ । तर, नयाँ काममा र सरल भएतापनि अलिक समय लाग्ने हुन्छ । नयाँ ठाउँका सहकर्मी चाँडो खुल्दैनन । निरन्तर तपाईको दृढताबाट मात्र निकास निक्लने हुँदा निकै सहनशीलता राख्नुपर्ने हुन्छ । नौलो हो भनेर सहकर्मी ज्यादा गहिराईमा जान चाहँदैनन् । त्यसको लागि मन जित्नुपर्ने हुन्छ । दृष्टिकोण सकारात्मक भएपछि बिस्तारै सबै कुरा सकारात्मक हुने हुन्छ ।

गल्ति दोहोर्याउनु नहुनेः

तपाईले केही चिज गल्ति गरे कालान्तरमा सुधार गर्नुपर्छ भनेको छ । गल्ति पटक पटक गरे सहकर्मीले नरुचाउने, मित्रता बाहिरबाट देखाउने र भित्र हृदयबाट टाढिने सम्भावना हुन्छ । यस्तो गर्ने सहकर्मीलाई साथी बनाउन चाहँदैनन् ।

जत्थामा साथी बनाउन कठिनः

तपाई नयाँ हुनुहुन्छ भने धेरै मानिस भएको स्थानमा सयौ तथा हजारौ संख्यामा सहकर्मी हुन्छन । यस्तो अवस्थामा तपाई नौलो हुनुहुन्छ भने निकै कठिन हुन्छ । तपाईलाई धेरै समय लाग्ने र प्रत्येक संग वैयक्तिक रुपमा चिनजान गर्ने कोसिस गर्नुपर्छ अनि मात्र मित्रता बनाउन सकिने सम्भावना हुन्छ । लामो समयदेखि रहेका मानिस आफ्नै दुनियामा भएकोले नयाँ प्रवेशीलाई निकै समय लाग्ने बताएको छ ।

सांस्कृतिक रुपमा ठिक हुनु हुन्न भनेः

सांस्कृतिक रुपमा ठिक हुनु हुन्न भन्ने सुन्दा राम्रो लाग्दैन । कडा शब्द सुनिन्छ । किनभने हामी सबैसंग हाम्रो मुल्य मान्यता तथा कामको शैली छ । कैयौ पटक हामीहरु साँस्कृतिक रुपमा योग्य पनि हुँदैनौ । यदि तपाई यसमा योग्य हुनुहुन्न भने अगाडी बढ्नु उचित हुने भनेको छ ।

अन्तर्मुखी व्यक्तिः

यस्तो स्वभाव भएको कर्मचारी छ भने हुल र भिडमा निकै कठिन हुन्छ । यस्तो व्यक्तिको चारै तर्फ नयाँ मानिस हुन्छन । अन्तर्मुखी व्यक्तिले साथी बनाउन कठिन भएता पनि एक या दुई संग मित्रता कायम गरि सहकर्मी संग घुलमिल गर्नुपर्ने उल्लेख गरेको छ । कामको सम्बन्धको कारण जागिर जान सक्छ या टुट्न पनि सक्छ ।

यदि तपाईको सहकर्मी काम छोडेर गए पनि बर्षौ सम्म तपाई सम्पर्कमा हुनु हुन्छ त ? यदि तपाईलाई आकस्मिक आवश्यक परेको बेलामा उ या उनीलाई तपाई सहायताको लागि सोध्न सक्नु हुन्छ ? तपाई आफ्नो सहकर्मीसंग कामका दिन, मनोरंजनको समय तथा कार्यालय बाहिर गइ रहनु हुन्छ ?

तपाईले आफ्नो सहकर्मीको अन्यसंग पनि भेट गर्नु भएको छ काम भन्दा बाहिर ? यदि तपाईको सहकर्मी बढुवा भएमा तपाई उनको या उसको खुशीमा साच्चै कै हर्षित हुनु हुन्छ त ?

तपाईको साथी कहाँ बस्छ तपाईलाई थाहा छ ? पारिवारिक पृष्ठ भुमि थाहा छ ?

यी माथिका कुराहरु मेल खाए तपाईका साथी हुन्छन नत्र तपाई काम गर्ने ठाउँमा तपाईले साथी या मित्र भनेता पनि आँखिर सहकर्मी मात्र हुन् । निश्चित समयको लागि संगै काम गर्ने सहकर्मी ।

भ्रम नरहोस्, अमेरिकामा तपाईसंगै काम गर्ने मित्र सहकर्मी मात्र हुन्, तपाईका साथी होईनन ।