२८ आश्विन २०८३, बुधबार

प्रचण्ड नेतृत्वको सरकारसँग आशा छ, विश्वास छैन: श्रेष्ठ (भिडियो)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय गठबन्धनले उठाउँदै आएको माग पूरा नहुञ्जेल सरकारमा जाने कुरा सोच्न समेत नसकिने बताउनुभएको छ ।

एबीसी न्यूज टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारसँग आशा रहेको तर विश्वास नरहेको बताउनुभयो ।

सत्ता साझेदारिताका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सम्झौताको एक नम्बर बुँदामा नै आफूहरुको आन्दोलनलाई सम्बोधन गरिएको भन्दै नेता श्रेष्ठले अब बन्ने गठबन्धनबाट आशा गर्न सकिने बताउनुभयो ।

हेर्नुस् भिडियो अन्तर्वार्ता:

https://www.youtube.com/watch?v=1Vn2uU_hb7E

भिडियो सौजन्यः एबीसी टेलिभिजन ।