११ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिले सरकार बनाउन आह्वान गर्ने, ओलीले खोले बाटो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Devi-Bhandari-nepal-president-AFP-380काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।

व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा राजीनामा घोषणा गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

यससँगै प्रधानमन्त्री हुने लाइनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न मार्ग प्रशस्त भएको छ ।

यसअघि नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने, पहिलो सरकारको नेतृत्व प्रचण्डले गर्ने सहमति जुटाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै संसदमा सहभागी राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी छिन् ।

परम्परा र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सोमबार सात दिनको समय दिएर सहमतीय सरकारका लागि आह्वान गर्नेछिन् ।