काठमाडौं, ९ साउन । अविश्वासको प्रस्तावमा छलफल चलिरहँदा सरकारलाई समर्थन गर्ने दलले भटाभट समर्थन फिर्ता लिन थालेका छन् ।
मन्त्रिपरिषदमा उप्रधानमन्त्रीको जिम्मेवारी पाएको विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सत्ता सहयोगी दलले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावमा भोटिङ नहुँदै प्रधानमन्त्रीले बहुमत गुमाएको प्रस्टिएको छ । व्यवस्थापिका–संसदमा अहिले ५९४ सांसद छन् । बहुमत पुग्न २९८ सांसद आवश्यक पर्छ ।
शनिबार सत्ता सहयोगी दल मधेसी जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य ६ दलको गरी २२२ सांसदको साथ छ ।
शनिबार रातिसम्म अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस, माओवादीसहित दलका ३६४ सांसद देखिएका छन् । सरकारलाई समर्थन गरेका १२ मध्ये ५ दलले समर्थन फिर्ता लिइसकेका छन् ।















प्रतिक्रिया