
काठमाडौं, ९ साउन । युरेनियम उत्खनन् तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ ।
मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई सरकारले बाहिर ल्याएकोमा असन्तुष्ट देखिएका छन् ।
‘युरेनियम लगायत सम्भावित खानी क्षेत्रको सुरक्षामा सेना परिचालन गर्ने निर्णय सकरात्मक भएपनि यस्तो निर्णय उजागर गर्नु आवश्यक थिएन’, पूर्व रथी सीबी गुरुङले भने ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रस्तावमा युरेनियम रहेको क्षेत्रको सुरक्षामा सेना तैनाथ गर्ने निर्णय गरेको छ ।
औपचारिक रुपमा पत्र पाएपछि त्यस क्षेत्रमा जनशक्ति परिचालन गर्ने सैनिक मुख्यालयले जनाएको छ ।
युरेनियमको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकिलो २२ करोड अमेरिकी डलरसम्म पर्छ ।
नेपालमा मुस्ताङ लगायतका अन्य स्थानमा ५० टनभन्दा बढी युरेनियम उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।















प्रतिक्रिया