३१ आश्विन २०८३, शनिबार

विश्वलाई चकित गर्ने मुस्ताङका गुफाहरू

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1.1279078372.himalayan-caves-closeup







पहिले मुस्ताङ् क्षेत्र बिदेशी पर्यटकहरूको लागि खुला थिएन । परिवर्तित नेपालले त्यो निषेध हटायो र यसै सुबिधाको उपयोग गरी पर्वतारोही पीटर एथेन्स मुस्ताङ्तिर ट्रेकिंगमा गएछन् । यसै अबसरमा उनले त्यता असंख्य मानब निर्मित गुफाहरू देखेछन् । यस बारेमा पछि अध्यन गर्ने निधो गरेर फर्केछन् ।

पछिका भ्रमणमा उनले सामान्य अवलोकनबाट जे देखे ती पुरातात्विक हिसाबमा महत्वपूर्ण देखे र उनले आधिकारिक अध्ययनको लागि नेसनल ज्योग्राफिकमा सम्पर्क राखे । नेसनल ज्योग्राफिकले यसलाई अति महत्वका विषय मानेर पूरातत्ववीद अलडेन डेरफरको नेतृत्वमा अध्ययन अघि बढायो । फोटो ग्राफर छानिए कोरी रिचार्ड्स ।

धेरै वर्षसम्म यसको अध्ययन भयो । फोटो ग्राफर कोरी रिचार्ड्स बताउछन् । उनले १२ पल्टसम्म यस क्षत्रमा भ्रमण गरे र एकपल्ट त भीरबाट खसेर उनको ढाडै भांचिएको थियो । गत वर्ष यसका उपलव्धिहरूको बारेमा अनेकन स्टिल फोटोहरूसाथ धेरै हल्लीखल्ली भाको थियो ।

यसपाली त हालसम्मको प्राप्तिहरूको बारेमा नेसनल ज्योग्राफिकले “स्काई केभ्स अफ नेपाल-लाइभ” शीर्षकमा तीनवटा भिडियो नै तयार गरेका छन्, जो यस अध्ययनका योजनाकार पर्वतारोही पीटर एथेन्स, पूरातत्ववीद अलडेन डेरफर र फोटो ग्राफर कोरी रिचार्ड्सले प्रेसको सामू दिइएका प्रवचन हुन् । यी भिडियोहरूमा उनीहरूका प्रवचनसाथ अचम्मलाग्दा गुफाहरू र उनमा प्राप्त वस्तुहरू पनि देखाइएका छन् ।

ती तीनवटा भिडियोका लिंकहरू यस प्रकार छन् ।

https://www.youtube.com/watch?v=o1r7e7mhQ8s

यिनमा दुइ खाले गुफाहरू पेश छन् । एक खाले बौद्धलामाहरूको लागि बनाइएका गुम्बा र अर्का मानब चिहान ।

बौद्ध गुम्बाका भित्ताहरूमा बौद्ध चित्र, बौद्ध ग्रन्थहरू र बौद्ध चैत्य पाइएको देखाइएका छन् । यी गुफाहरूको बनौट नै बडो अनौठो देखिन्छ । तिनका बनौटको आर्किटेक्चरल एनिमेसन समेत पेश गरिएका छन् । जसले गुफाहरू भित्रभित्रै दस तलासम्म माथितिर र हरेक तल्लामा तेर्सोपट्टि धेरै चार्कुना मेलाका कोठाहरू खोपिएका देखाइएका छन् । यसको समय १३ रौँ शताब्दितिर भएको पुरातत्ववीद अलडेन डेरफर जनाउँछन् ।

अर्को खाले चिहाने गुफाहरूको उपलव्धि उत्तिकै उदेकलाग्दा छन् । यिनमा इशापूर्व हजारवर्ष अघिका मानब चिहान पनि पाइएका छन् । उनमा मिश्रदेशमा पाइनेजस्तै ममिफाइड (मासुसमेत सुकेका) लाशहरू र मुस्तां वा तिब्बततिरका चलन अनुसारका मासु छिलेका कंकालहरू पाइएका देखाइएका छन् ।

साथमा तिनका लागि चढाइएका गरगहना, खाद्य वस्तुहरू र पशुका, हाडखोर, भाँडाकुँडा, रेशमका टुक्रा आदि वस्तुहरू पनि पाइएका देखाइएका छन् । कुनैकुनै लाश धेरै गहिराइमा राखिएका पाइएका छन् भने कुनै बाकसमा हावा नछिर्ने गरी बन्द गरिएको अवस्थामा पनि पाइएका छन् ।

यसरी हावा नछिरेका कारण यी कंकाल वा लाशहरू सग्लै र नमक्किएको अवस्थामा देखिन्छन् । यिनका साथै चढाइएका वस्तु, पशुका हाडखोर, अन्नका पिठो पनि सबै सग्ला अवस्थामा पाइएका छन् । यिनमध्ये चीनतिर बन्ने सिल्कका टुक्राहरू र पश्चिमी देशतिर पाइने रत्नका गहना पनि भएकाले पूरातत्ववीद अलडेन डेरफरले यो मुस्ताङ् क्षेत्र चीन र युरोतिरको सिल्करोडलाई भारतसंग जोड्ने एउटा महत्वपूर्ण मार्ग थियो त्यसैले यी सामग्रीहरू यहाँ पाइयो भन्ने निष्कर्ष निकालेका छन् ।

उनले नभनेका तर उनका यसै सिद्धान्तलाइ मान्दै मलाई लागेको कुरो यो पनि छ कि यो ममिफाइड (मासुसमेत को लास) हुनु पनि मिश्रतिरको आयातित सिकोको द्योतक हुन सक्छ । लाशसंगै सुन र चाँदीका मुखुण्डो राख्ने तथा मृत व्यक्तिको लागि आवश्यक वस्तु र खाद्य पदार्थ राख्ने चलन पनि मिश्रकै चलनको सिको हुन सक्छ । मासु छिलेर हाड्मात्र दफ्नाउने चलन भने स्थानिय एबम तिब्बततिरको चलनमुताबिक गरिएको द्योतक हो ।

नेसनल ज्योग्राफिक जस्तो विश्वप्रशिद्ध आधिकारिक संस्थाले वर्षौं लगाएर अमूल्य, अद्वितीय र आश्चर्यचकित पूरातात्विक निधिको रूपमा विश्वसामू यो तथ्यलाई उजागर गर्नाका कारण यसबारेमा संसारभर हल्लीखल्ली नै भएको छ । तर नेपालको सरकार वा यसका पूरातत्व विभागले अहिलेसम्म केही बोलेको छैन । थाहै छैन जस्तो !! त्रिभुवन विश्वविद्यालयमा प्राचिन इतिहास, संस्कृति तथा पूरात्व विषयको एउटा बिभाग नै छ । यसले आफ्ना एम विषयका छात्रछात्राहरूलाई पूरातत्व र उत्खनन प्रविधि सम्बन्धि ज्ञान र सीप सिकाउनको लागि भारत र तिलौराकोट्सम्म भ्रमण गराउँछ । तर वर्षौंदेखि भईरहेको यो अध्ययन र यसका प्राप्ति बारेमा थाहै नभएको देखिन्छ ।

यस्तै हो हामी नीरिह छौं । यत्रो काम हाम्रो नाकै मुनि भयो हामी धेरैजसो नागरिकलाई पने थाहै भएन । अब के गर्ने त ? अहिलेसम्म जे भयो भयो । एउटा उल्लेख्य उपलव्धि त भएकै छ । यतिसम्म गर्न हाम्रा प्राविधिक र आर्थिक बुतोले भ्याउने कुरो थिएन नै । त्यसकारण नीच मारेर यसैमा सन्तुष्ट हुनपर्यो । यो अध्ययन भनेको मुस्ताङ्को धेरै सानो क्षेत्रको अध्ययन हो । यहाँ यस्ता हज्जारौं गुफाहरू छन् । यस्ता हज्जारौं अध्ययन अरू हुन सक्छन् । संसारलाई छक्क पार्ने अरू अनेकानेक कुराहरू अनगिन्ति पाइनेछन् । त्यो भविष्य उज्यालो छ ।

अबका दिनहरूमा भने यस्ता अध्ययनहरूमा हाम्रोतर्फबाट पनि उल्लेख्य सहभागिता हुनपर्ने स्थिति बनोस, हाम्रा चाहना यो हुनु पर्छ । हाम्रा नीधिहरू नबाहिरिउन हामीमा त्यो सजगता हुनु पर्छ । संसारको आँखा यसमा परेको स्थिति हुँदा यस क्षेत्रमा प्रबुद्ध पर्यटकहरू ओइरिने ठूलै सम्भावना छ । यो क्षेत्र विश्वभरका विश्वविद्यालयहरूको महत्वपूर्ण अध्ययन केन्द्र पनि बन्ने सम्भावना छ । हामीमा त्यो प्रवाहलाई थेग्ने क्षमता पो अब हुन पर्यो । त्यसलाई धान्न तथा पर्यटन व्यवसायलाई टेको दिन ट्रेकिंग रुटको व्यवस्थापन, यातायातको व्यवस्थापन, तथा अन्य आधारभूत कुराहरूको व्यबस्थापन हुनु आवश्यक छ ।

हाम्रो सरकार यस्तो कुरामा निकै सुस्त छ । नागरिकस्तरबाट त्यसलाई घचघचाउने तथा दबाब दिने काम गर्नपर्छ । नागरिक स्तरबाटै पनि हेलिकोप्टर, खच्चर, घोडा, आदि समेतको यातायात व्यवस्थापन, तथा होटलहरूको व्यवस्था हुन सक्छ । सरकारकै अगुवाई हुन आवश्यक छैन । निजिस्तर पनि जागोस । यही शुभकामाना छ ।

MM8076 Cave systems at 14,000 feet in the remote Mustang, Himalayan, we show city and tomb complex. Graphic description of one the tomb, dating from 300-700 C.E., the caves of Mustang point to a mysterious practice of defleshing the dead. Knife marks have been found on numerous remains through-out the tomb complex. Bodies were removed of their flesh outside then carriedÑstill articulatedÑinto the cave, and folded into wooden coffins.
MM8076
Cave systems at 14,000 feet in the remote Mustang, Himalayan, we show city and tomb complex. Graphic description of one the tomb, dating from 300-700 C.E., the caves of Mustang point to a mysterious practice of defleshing the dead. Knife marks have been found on numerous remains through-out the tomb complex. Bodies were removed of their flesh outside then carriedÑstill articulatedÑinto the cave, and folded into wooden coffins.

1.1279078372.himalayan-caves-closeup a2e90503c911de70e3f00e0d566f6fc6 091117-05-nepal-mustang-upper-caves_big (1) 440-tsognam-caves 28EXPLORER1_SPAN-articleLarge 07-tibetan-buddhist-lama-leads-horse-through-samdzong-670 bb403db6de148bf3bc8de908c82d8159 chocopani-1-photo-c2a9-pete-athans (1) eb8339745c9451af848459bb06bcdbe1 Mustang 01 05 Bridge Below Chele And Caves mustang-region-nepal-kali-gandaki-river-615