११ कार्तिक २०८३, बुधबार

पूर्व राजाले शुक्रबार राति सपरिवार काठमाडौं छाडे, निर्मल निवासमा पारस भित्रिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shahaकाठमाडौं, ८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गरेका हुन् ।

छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उनका साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाति ह्दयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाली गएको हो ।

सुनाकोठी बस्दै आएका पारस घर कुनै निर्मल निवास आएका छन् । नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ ।

नितान्त व्यक्तिगत भ्रमणमा निस्केका पूर्वराजाले त्यहाँको ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने बुझिएको छ ।

उनी कतार ट्रान्जिट हुँदै इटाली जाने कार्यक्रम तय भएको निर्मल निवास स्रोतले जनाएको छ ।

इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।