काठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको आजको बैठकमा सभामुख ओनसरी घर्ती नराम्रोसँग झुक्किएकी छन् ।
राष्ट्र ऋण उठाउने भन्ने विषयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव पास गर्ने वा नगर्ने भन्ने सवालमा बोल्दा बोल्दै सभामुख घर्ती चिप्लिएकी हुन् ।
राष्ट्र ऋण उठाउने प्रस्तावको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो तर सभामुखले भने स्वीकृत भएको घोषणा गर्दछु भनेर भनेपछि केहीबेर संसदमा हाँसोको फोहोरा छुटेको थियो ।
त्यसलगत्तै सभामुख घर्तीले त्यसलाई बहुमतले अस्वीकृत गरेको भन्दै सच्याएकी थिइन् ।
















प्रतिक्रिया