२९ आश्विन २०८३, बिहिबार

प्रचन्डज्यू मलाई पनि एउटा मन्त्री चाहियो !

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-sargam

कान्छो सालो किच किच गर्छ,भेना जागिर चाहियो,
श्रीमतीको गनगन् त्यस्तै कता गएर आईयो !

पर्या बेला गोला बारुद पनि बोकेकै हो,
ठोक भन्दा गोली पनि मैले ठोकेकै हो,

तपाईहरु सबैको त्यत्रो बिधि धन छ !
मलाई पनि त्यो पजेरो चढ्ने साह्रै मन छ,

तपाईका पछि लागि धेरै हण्डर खाईयो,
प्रचण्डज्यू मलाई पनि एउटा मन्त्री चाहियो !

कमिशनमा भाग पाईन, ठेक्का पट्टा बन्द भयो,
मेरो मात्रै झोला बोकी हिड्ने धन्दा भयो,

साथीहरु महलबाट गिज्याउँदै छन् मलाई,
कति दिन पर्खी बस्नु दौरा सुरुवाल सिलाई,

आसेपासे भर्ना गर्न, गासेलाई झोली भर्न,
झण्डावाल गाडीबाट सलाम खाई झर्न,

अघि पछि लाग्दा लाग्दै पाउनु दुख पाईयो,
प्रचन्डज्यू मलाई पनि एउटा मन्त्री चाहियो !

बिदेश भ्रमण गर्ने मेरो पनि साह्रै ठूलो धोको,
राजनीति गर्दा भईयो बलीको नै बोको,

हेलिकोप्टर उडाएर उद्घघाटनमा जाने,
सेना पुलिस लगाएर तीर्थाटनमा जाने,

बैंक ब्यालेन्स कत्ति छैन, कसोरी हो चल्ने,
चिन्नु पर्यो कालो बजार, अनि कर छल्ने

तपाईकै गुणगान जिन्दगीमा गाईयो,
प्रचन्ड ज्यू प्लिज ! मलाई पनि एउटा मन्त्री चाहियो,