२९ आश्विन २०८३, बिहिबार

अब कठोर वनौँ, गद्द्दार होइन उदार तानाशाह जन्माअौँ !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_20160711_200215राजतन्त्र ,दरवारको साँघुरो घेराबन्दी भित्र भाइभारदार विलीन वंशव्यवस्थामा थियो र त्यो व्यवस्थालाई विकासको वाधक  मानेर व्यवस्था  परविर्तनमा लागिपरेका नेताहरू त्यतिबेला भन्थे ,हामी शासकले नराम्ररी  शासित छौँ र हाम्रो अवस्था जस्ताको तस्तै रह्यो  जब जनजनको जुठो खाएका नेताहरू शासक वने, जनताको नाममा सिन्को भाँच्ने सामर्थ्य तिनिहरुमा देखिएन अर्थात उनिहरुका व्यक्तिगत सफलता मात्रले  हामी रहेको समाजलाइ केही दिन सकेन ।

अाखिर किन ? तीनै जनताका अाशाको प्रतिनिधित्व गर्नेहरुले पटकपटक अवशर पाएकै हुन । जिन्दगीका पटकपटकका अवसरलाई समाजमा उल्लेख्य काम  नगरेका यिनै मान्छेहरूलाई जवर्जस्त  काँधमा वोकेर एकपक्षीय वन्दै लामा लामा शब्दमा लेख लेखेर शव्दको अवमूल्यन गर्नु बेकार छ ।

अब केही क्षण सच्चा नेपाली भएर सोचौँ  !सपनाहरूमा रूमल्लाएर जनताको  नाम लिँदै देशलाई वन्धक वनाएर लुट्नेहरु देशका गद्दार तानाशाह हुन कि होइनन् ? यि गद्दारहरुमा तानाशाह भन्दा कुनै कमि छैनन सिंहदरबारमा फोटो झुन्डाउन, सवारीमा सडकजाम गरेर, मरेपछि पनि मलामिको लर्को र राष्ट्रिय शोक मनाएर  जवर्जस्त इतिहासमा नाईकेकरण गरि पुष्टि गराइएका र गराइने अनौठो युगका पात्रहरुले राजनीति  त खुवै चलाए  तर देशलाई जहाँको त्यहीँ छाडेर !

अब देशको इतीहासको कुनै कालखण्डलाई दोषी देखाएर उम्कने स्थिति छैन तर अाफु अनुकूल शासनमा तथा अालोपालोको नाममा व्यवस्थालाइ दोषी देखाएर उम्कने सजिलो छिद्रको रुपमा संसदवाट निर्वाचित कार्यकारी व्यवस्था गरिएको हो त्यसमा वाह्य स्वार्थको गन्ध त छ नै छ ।

जनताको नाममा यिनैले लेखेका संविधानमा जनमत कदर गर्थे भने तत्कालीन संविधान सुझाव संकलनमा वहुमत जनताको  सुझाव देशको कार्यकारी अाफैले चुन्नपाउने दरिलो व्यवस्थाको पक्षमा थियो र छ अब जनताको भावनालाई वेवास्ता गरिएकोलाइ कसरी जनताको संविधानको रूपमा लिन सकिन्छ ? “उम्किएको माछा ठूलो “भनेझैं सत्तावाट वाहिरिएका राष्ट्रवादी र  र भित्रिएकालाई कसैको कठपुतलीको  रुपमा जनसमर्थन र विरोध मात्र गरेर हुनेछैन । अब जनता नजुर्मुराए परिस्थितिले अर्को रुप लिनेछ ।

अब अार्थिक क्रान्ति गर्नु छ भने वैयक्तिक स्वतन्त्रतालाइ केही क्षण थाती राख्नसक्नुपर्छ । संसारमा यि दुई संगै अगाडि वढेका उदाहरण अपवादमा मात्रै छन अर्थात अगाडि वढेकालाइ भेट्न केही क्षण गफमा देशविकासको एक्टिङलाइ छाडेर एक्सनमा दौडिन   तयार  हुनुपर्छ ।अाउनुस अब संकल्प  गरेरै एउटा उदार तानाशाह जन्माँअौ !

एउटा व्यक्तिवाट मात्र समस्याको समाधान  देख्न नसकिएला तर अशल व्यक्तिवाट व्यवस्थामा परिवर्तनको अवस्था रहन्छ भने त्यो  नेतृत्वलाई स्विकार्दै सहयोग गर्न सकिन्छ संसारमा धेरै उदाहरणहरु छन त्यसमध्ये एसियाली मुलुक सिंगापुरलाई सन १९९० देखि तीस वर्ष नेतृत्व गरेर प्राकृतिक स्रोतको उपयोग गर्दै बलियो अार्थिक केन्द्रका रुपमा विकास गरेका लि क्वानको नेतृत्वलाई लिन सकिन्छ उदार तानाशाह भनिएपनि उनलाई राजनेताको रुपमा सिंगापुरमा सम्झिईन्छ ।

जवसम्म मजवुत शक्तिसहितको क्षमताले भरपूर तानाशाह यो देशलाई हामी अाफै दिनसक्दैनौँ तवसम्म देश बेवारिस वनिरहनेछ। अब राष्ट्रिय शोक मनाउँदा नि गर्व गर्नसकिने उदार तानाशाह जन्माउने संकल्प गरौँ !!!