लिस्बन (पोर्चुगल) । चर्चित गायक शिव परियारको पोर्चुगलमा बिशेष सांगीतिक प्रस्तुति शिव परियार एकल साँझ हुने भएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च पोर्चुगलको आयोजनामा आप्रवासी कलाकारहरुका लागि कल्याणकारी कोष स्थापर्नाथ शिव परियार एकल साँझ हुने भएको हो ।
पोर्चुगलमा पहिलो पटक हुन लागेको गायक परियारको सांगीतिक कार्यक्रमको ब्यापक तयारी भईरहेको मञ्चका अध्यक्ष पदम लामाले जानकारी दिनुभयो ।
लामो समयदेखि नेपाली साँगितीक फाँटमा चर्चामा रहन सफल गायक परियारले उक्त कार्यक्रममा आफ्ना थुप्रै लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
गायक परियारले यही जुलाई २५ तारिक सोमबारका दिन पोर्चुगलको राजधानी लिस्बनमा सांगीतिक प्रस्तुति दिने भएका हुन् ।
आन्जोसस्थित कल्चर हाउसमा हुने कार्यक्रम दिउसो ३ः३० देखि सुरु हुने मञ्चले जनाएको छ ।
युरोप सांगीतिक यात्रामा निस्केका गायक परियारले यसअघि बेलायत, बेल्जियम, जर्मनी, स्पेन, पोल्याण्ड, फ्रान्स, होल्याण्ड लगायतका देशहरूमा दर्जन बढी सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
स्टेज कार्यक्रमहरुमा अत्याधिक मन पराइएका गायक परियार पछिल्लो समय बिदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा ब्यस्त हुने गरेका छन् ।
















प्रतिक्रिया