२९ आश्विन २०८३, बिहिबार

सौताको रिसले पोईको काखमा सु.सु…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bb-shresta– वि.वि. श्रेष्ठ

रातको अध्यारोमा उज्यालो प्रकाशको मिहिनताले अचम्म वनायो । ईट्टाले वनाएको उक्त घरको प्वालवाट छिरेको त्यो प्रकाशले मनमा प्रश्न सोध्यो । आखिर यो प्रकाश पनि त चलायमान रहेछ नि, केहि सेकेन्डको अन्तरालमा नै यो विलिन हुदै कालरात्रीमा नै विलिन हुदै छ । त्यो प्रकाशको उज्यालो ले सोच्न वाध्य वनायो । किन यो प्रकाश विलिन भयो ? त्यो उज्यालो केवल फगत समयको लागि मात्र थियो । किनकी त्यो प्रकाश पनि गतिशिल थियो । सजिव नभएपनि कसैको सहाराले प्रकाश दिईरहेको थियो र कालरात्रीमा आफनो उपस्थिती मजवुत वनाईरहेको थियो । कसैमा निहित भएता पनि त्यसको आफनै मुल्य मान्यता र आवश्यकता थियो । जुन त्यस वस्तुका लागि अत्यावश्यक थियो । आफनो भुमिकामा अविचलित थियो । त्यो उज्यालोलाई केहि समय सम्मका लागि स्थिर राख्न नसकिने थिएन, तर पनि त्यो त्यहि प्रयोजन र त्यति नै समयका लागि मात्र त्यसको उपयोगिता रहेको देखिन्थ्यो ।

जीवनको सवैभन्दा ठुलो भुल नै त्यो प्रकाशको उज्यालोलाई वुझन नसके झै रहयो । निश्चित समयका लागि मात्र वस्तुका उपयोगिता रहने यथार्थलाई आत्मासाथ नगरी सधै परनिर्भरतामा रमाउदाँ जीवनमा आईपर्ने तनाव स्वाभाविक नै रहने रहेछ, जुन कुराको हेक्का शारिरिक र मानसिक रुपमा थकित भईसकेपछि मात्र हुदोरहेछ, त्यसमा पनि अझै आश र भरोशाको टेकोमा टेकेर मात्र । अर्कामा आश्रित रहनु मात्र रहेछ, आश्रितताको उपमा नै जीवन रहेछ । यहि आश्रितता नै जीवन रहेछ । सवैले भन्दछन् कोहि कसैमा आश्रित नरही कोहि पनि वाँच्न सक्दैन, यहि प्रश्न र जवाफले पुन अर्को प्रश्न थपिदियो । परनिर्भरता को व्याख्या र अपव्याख्या नै जीवनका लागि घातक सिद्ध वनिदियो । त्यसैमा टेकेर हामी अविरल परनिर्भरतामा नै रमाउन, र अर्काको दुखमा हास्न वाध्य वनिरहयौ । जीवनमा सघर्षलाई आत्मासाथ गर्न नसक्ने, आउने चुनौती देखि भागेर केहि नगर्ने, अनि स्वार्थी समाजमा हुर्केका व्याँसो हरुको अनुकुलतामा हुने व्यवहारले स्वतः मन दुखी हुने नै भयो, यो मन स्वतः रुने नै भयो । अन्तर आत्मामा रोएका धेरै पलहरुले केवल निश्चित पल, सेकेण्ड र मिनेटका लागि मात्र अटोठ वनिदियो । अन्तर आत्मामा परेको चोट, वाहिरी आशुँको भेलसँगै वगाएर लगिदियो । न अटल वनेर वसिरहयो, न अजर, अनि शुरु भयो, त्यहि दैनिकी, जुन दैनिकले पल पल रुवायो, तैपनि खोक्रो आडम्वर मात्र वनिरहयो केवल शुन्यतामा । संसारमा धेरै मानिस जन्मे, मरे, त्यसको लेखा जोखा जन्मदाता स्वयंलाई थाहा नहोला, अथाह धर्तिमा आए गए, त्यसमा जो ईतिहासमा रहे, जनजनमा छाप छोडे, तिनीहरुको जीवन केवल जीवन थिएन, पुर्ण रुपमा संघर्ष थिए, तै न रहे, अमर रहे । जो संघर्ष देखि भागिरहे, डराईरहे, विद्रोह भन्दा शान्त र सुखिन वने, ती सवै आए, गए, मुल्यहीन जीवन जीएर गए । ती जीवन थिएन, थिए त केवल सांसारिक निरन्तरता । जीवन र सांसारिक निरन्तरतामा धेरै अन्तर हुदो रहेछ । हामीले जीएको जीवन होईन, फगत सृष्टिका निरन्तरता मात्र । उर्फि उर्फि र कुर्लि कुर्लि भनेको जीवन त मुर्खता मात्र रहेछ । जीवन हुनेका अगाडी संघर्ष, अवरोध थिए भने सासंरिक निरन्तरता हुनेका लागि शुन्यता । जसको कुनै मुल्य मान्यता, न भुतो, न भविश्य । आफु अनुकुलतामा रम्न अभ्यस्त हामी सधै सहज वाटो मात्र खोजिरहयौ । कहिल्यै कतै तत्परता देखिएन, केहि समय उकालो हिड्ने, दुख लाई साथमा राख्ने । कर्म नगर्ने फलको मात्र आशा राख्ने हाम्रो प्रवृत्तिमा कहिल्यै नयाँपन आएन , त्यहि वोकेर नै निरन्तरताका पलमा दौडिरहयौ । त्यहि कुष्ठा, परनिर्भर, परआश्रित जीवन लिएर । जो ईतिहासमा काविल वने, त्यहि विचारले समाज अगाडी वढिरहयो । कर्ममा भन्दा भाग्य र कुष्ठामा रम्न अभ्यस्त हामी कहिले घाम लाग्दछ त कहिले पानी पर्दछ भन्ने सिद्धान्तलाई मुल मन्त्र वनाएर रमाईरहयौ । घाम र पानी वीचको तात्विक भिन्नता खोज्न सधै पछाडी परिरहयौ । एउटा श्रीमान् सधै श्रीमतीको अधिनस्थ रहन्थ्यो, एक दिन श्रीमान् ले श्रीमतीलाई भनेछन्, प्रिय आज म नुहाउछु, मलाई तातो पानी तताईदेउ न । श्रीमानको यो भनाईलाई श्रीमतीले सुनेको नसुने झै गरेछ, पटक पटक भनेछ, श्रीमतीले टेर पुच्छर लगाएनछ, यो देखेर श्रीमानलाई पनि घोर रिस उठेछ र भनेछ …पानी तताईदिन्छौ कि तताउदैनौ, नत्र………. । श्रीमानको चर्को वोली सुनेर श्रीमती झर्केर आएर भनेछ, के भन्यौ रे तिमीले, म पानी तताउदिन, श्रीमती आगो भएको देखेर, विचरा श्रीमान डराउदै भनेछ, हैन तिमीले तातो पानी नतताउने भए, चिसै पानीले पनि नुहाउछु भनेको । सधै परनिर्भरतामा नै रमिरहदाँ त्यहि कथा झै जीवनमा पनि पटक पटक यहि व्यवहार हरु दोहोरिरहयो । श्रीमतीको अधिनस्थ रहेझै सधै अर्काको खुट्टा टेकिरहने प्रवृत्ति नै जीवन सृष्टिको निरन्तरता मा दर्ज भईरहयौ । केहि दिनको, केहि पलको अन्तरआत्मामा आएको नयाँपन र सकारात्मक सोच, घुम्ति, घुम्ति, मोड मोडमा आएको अवस्थाले मिहिन वनाईरहयो । त्यहि मार्गमा नै पाईलालाई नचाहि नचाहि घचेटीरहयौ ।

समयको यो गति, पदचापलाई पछयाउन नसक्ने, जीवनको गोरेटेमा जुध्न नसक्नेहरु, संघर्ष देखि सयौ कोष भाग्नेहरु, स्वनिर्भरतामा वाँच्न नसक्नेहरु जस्ता द्रवित चरित्रवान हरु सौताको रिसले पोईको काखमा सु.सु गरेर आत्मरतिमा घोत्लिरहेको हुदाँरहेछन् । संसारमा हरेक वस्तुको उपयोगिता निश्चित समयसम्म मात्र रहने गर्दछ भन्ने यथार्थतालाई चिन्ने नसक्नेहरुका लागी जीवन जीवन होईन, सृष्टिको निरन्तरताको एक पात्र मात्र हो, जसको संख्या अधिक रहन्छ र उनीहरु नै फगत् रोई रोई वाचिरहनेछ अनादिकालसम्म ।

[email protected]