१ कार्तिक २०८३, शनिबार

अमेरिकामा डा.केसीको समर्थनमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2050– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा.गोविन्द केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहरबाट सरकार र संसदलाई ध्यानाकर्षण गराएका छन् ।

चिकित्सक डा.केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय एकत्रित भै डा.केसीले उठान गरेका बिषयमा ऐक्यबद्दता जनाएका छन् ।

कार्यक्रममा जम्मा भएका सहभागीहरुले बिभिन्न प्रकारका नारा लगाउनुको साथै वक्ताहरुले सरकारको रवैया, माफियातन्त्र तथा लोकमानसिंह कार्कीले अभिव्यक्त गरेका विषयमा चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् ।