१ कार्तिक २०८३, शनिबार

विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीसँग खेल्दै नेपाली टिम (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Cricket-Team

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिक्रेट टोली केहीबेरपछि लर्डस् क्रिकेट मैदानमा घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध उत्रँदैछ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रुपमा परिचित लर्डस्मा उत्रन लागेको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

मेरिलेबोनको निम्तोमा करिब साता अघि इङ्ल्यान्ड गएको नेपाली टोलीले मैत्रीपूर्ण खेलको तयारीस्वरुप लन्डनमा चार वटा अभ्यास खेल खेलेको थियो र सबैमा जित निकालेको थियो । लर्डस् क्रिकेट मैदानलाई कतिपयले ‘क्रिकेटको मक्का’समेत भन्ने गरेका छन् । तसर्थ यस्तो ठाउँमा नेपालले खेल्न पाउनु ठूलो उपलब्धि भएको बताइएको छ । पहिलोपटक लर्डस्मा खेल्ने अवसर पाएकामा नेपाली प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले खुसी व्यक्त गरेका छन् ।

बेलायत भ्रमणमा जानुअघि दुवैले भनेका थिए, “इङ्ल्यान्ड जस्तो क्रिकेटको महाशक्ति देशको ऐतिहासिक मैदानमा खेल्न पाउनु नेपाली खेलाडीका लागि सुनौलो अवसर हो, त्यसैले हामीले त्यहाँ राम्रो खेल प्रदर्शन गरेर विश्वकै ध्यानाकृष्ट गर्नुपर्छ ।”

उक्त खेलको लाइभ (प्रत्यक्ष प्रशारण) हुने भएको छ ।

३ बजेर १५ मिनेटमा सुरु हुने खेल हेर्न यो लिंकमा क्लिक गर्नुस्ः

https://www.youtube.com/watch?v=1sIdXDorVtk