जापान । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जपानका प्रवासी नेपालीले प्रदर्शन गरेका छन् ।
नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि पनि ओली सरकारको निरन्तरता माग्दै देश तथा विदेशमा प्रदर्शन भइरहेका बेला जपानमा नेपालीहरुले पनि प्रदर्शन गरेका हुन् ।
जापानको ओसाका क्षेत्र आसपासमा काम गर्ने स्वतन्त्र नेपाली कामदारहरुले ओली नेतृत्वको सरकारलाई राजिनामा नदिन आग्रह गर्दै राष्ट्रिय झण्डासहित साँकेतिक रुपमा प्रदर्शन गरे ।
नेपालबाट रोजगारी तथा अध्ययनका लागि जापान पुगेका नेपाली युवाहरुले ओसाकाको दुई किलो मिटर सडक परिक्रमा गरी बर्तमान सरकारलाई निरन्तरता दिन आग्रह गरिएको प्रर्दशनमा सहभागी भीम श्रीसले जानकारी दिए ।
‘नाकाबन्दी जस्तो संकटका बीच पनि राष्ट्रियताको पक्षमा ओलीले खेल्नुभएको भुमिका स्मरणीय छ,’ उनले भने– ‘नेपालीलाई सपना देख्न र काम गर्न पनि उत्प्रेरित गर्नुभएको छ ।’ जापानमा प्रयोग गरेजस्तै रेल, घरघरमा ग्याँसपाइप लाइन मातृभुमि नेपालमा पनि प्रयोग गर्न चाँहेको र त्यो ओलीबाट सम्भव हुने उनीहरुको तर्क छ ।
















प्रतिक्रिया