१ कार्तिक २०८३, आइतबार

संघीय गठबन्धनले आज आन्दोलन घोषणा गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadavकाठमाडौं, ३ साउन । लामो समयदेखि आन्दोलन गर्दै आएको संघीय गठबन्धनको बैठक आज पनि बस्दैछ ।

अहिले केही समयपछि काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा भावी आन्दोलनका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘आजको बैठकबाट अर्को चरणका संघर्षका कार्यक्रम आउँछन’, उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठनका विषयमा गठबन्धनले के गर्ने भन्न विषयमा पनि ठोस निर्णय हुनेछ ।’

आन्दोलनको समीक्षा गरेको गठबन्धनम सरकारले आफूहरूका मागलाई बेवास्ता गरिएको भनेर असन्तुष्टि जनाउँदै आएको छ ।

गठबन्धनले एक महिनासम्म काठमाडौंको खुलामञ्चमा रिले अनशन गर्दासमेत सरकारले सहमति र सम्वादका लागि जिम्मेवारीका साथ पहल नगरेको आरोप नेताहरूले लगाएका छन् ।