१ कार्तिक २०८३, शनिबार

इनोभेटिभ र रेडिअन्ट प्रिक्वाटर फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8काठमाडौं, २ साउन । इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित ग-यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो ।

त्यस्तै हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए), विल्सन एकेडेमी र ग्रिनल्यान्ड पनि प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

एचएचसीएले रिब्सलाई ४८–२८ ले निराश पा¥यो । विजेतका विशाल राईले २१ अंक जोडे । पेम्बा शेर्पाको १७ अंक मद्दतले विल्सनले क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई ४५–२२ ले पन्छायो । ग्रिनल्यान्डले काठमाडौं इङलिस स्कुलबाट वाकओभर पायो ।

अन्य लिग खेलमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले न्यु जेनिथलाई २९–१२, एन्जल्स हार्टले भ्याली पब्लिकलाई ३३–१९, ओडिसीले ड्याफोडिललाई ३५–२०, सेबले जिलेटलाई ३४–१३, बेबिलनले माउन्ट ग्लोरीलाई २८–१७, नेपाल सेन्ट्रलले कैलाश बोधीलाई १९–७, लोयल्टीले बालविकासलाई ३२–६ तथा एन्जल लर्डले अरुणिमालाई ३५–२२ ले हराए ।

विजेता टोली टीआईएका सलिन शेरचनले १४, एन्जल्स हार्टका सकबहादुर रोकाले १२, ओडिसीका सागर लामाले १३, सेबका रेजिल गुरुङले ६, बेबिलनका सगुन राईले १०, नेपाल सेन्ट्रलका सुवास बुढाथोकीले १४, लोयल्टीका सोनाम तामाङले २१ तथा एन्जल लर्डका सुजन राईले २१ अंक बटुले ।