१ कार्तिक २०८३, आइतबार

मुग्लिन नारायणगढ सडक पुनः सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ साउन । आज बिहानैदेखि पहिराको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत दारेचोक गाविस– ४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५ः२५ बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १०ः३० बजेदेखि पहिरो पन्छाएर सडक खुलाइएको हो ।

मुग्लिन बजारबाट चार सय मि नारायणगढतर्फ पहिरो खसेको थियो । सडक विस्तारका क्रममा काटिएको माथिको भागबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । रासस