२८ आश्विन २०८३, बुधबार

चीनसँगका सम्झौता रोक्न ओली सरकार ढाल्न खोजियोः नारायणकाजी श्रेष्ठ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिने पार्टीको निर्णयमा असन्तुष्टि जनाएका छन् ।

न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ‘रियल फेस’मा पत्रकार प्रेम बानियाँसँग कुराकानी गर्दै उनले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले माओवादीलाई तत्कालका लागि लाभ भएपनि राष्ट्रलाई घात हुने बताए ।

चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तालिएका शक्तिकेन्द्र (भारततर्फ संकेत) सरकार ढाल्न सक्रिय रहेको उनको आरोप थियो ।

केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको पक्षमा दृढतापूर्वक उभिएको र त्यसले केही समययता राष्ट्रिय आत्मनिर्णयको अवस्था सुदृढ भएको समेत बताएको स्मरण गर्दै नेता श्रेष्ठले अब बन्ने सरकारले चीनसँग भएका सम्झौता अघि नबढाए ठूलो नोक्सानी हुने चेतावनी दिए ।

ओली नेतृत्वको सरकारले थालेका नीति र कामको निरन्तरता नपाए देशले ठूलो चुनौती सामना गर्नुपर्ने भन्दै उनले माओवादी त्यो दिशामा नगएको आरोप लगाए ।

यसअघि माओवादीले सरकार छाड्ने निर्णय गरेकै दिन नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै ओली सरकारको पक्षमा उभिएका थिए ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

https://www.youtube.com/watch?v=XSzbphuBVIc