काठमाडौं, ३१ असार । विहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित सुरक्षा परिषदको कार्यक्रममा सरकार परिवर्तनपछि उत्पन्न अवस्थाबारे बोले ।
कार्यक्रमको अन्त्यतिर मञ्चबाटै प्रधानमन्त्री ओलीले भारतीय राजदूतवासतर्फ संकेत गर्दै सरकार परिवर्तन हुँदा भोजभतेर किन ? भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले प्रश्न गरेको अर्काे दिन शुक्रबार आज भारतीय दूतावासले विज्ञप्ति जारी दूतावासले कुनै भोजभतेर नगरेको दाबी गरेको छ । माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको दिन नेपालका लागि भारतीय राजदूत रन्जीत रेले तीनदिन अघि काठमाडौंको एक पाँचतारे होटलमा डिनर आयोजना गरेका थिए भने ओली सरकार ढल्ने खुसीले बच्चा जस्तै उफ्रिएका थिए । स्रोतका अनुसार डिनरमा कांग्रेस र केही मधेसवादी दलका नेता सहभागी थिए ।
यो कुरा थाहा पाएपछि प्रधानमन्त्री ओलीले विहीबार सार्वजनिक कार्यक्रममै सरकारबाट कुनै एक दल बाहिरिँदैमा भोजभतेर के का लागि भनेर अनौपचारिक प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीको यो प्रश्नपछि भारतीय दूतावासले आज विज्ञप्ति निकालेको हो । राजदूत रेले १२ जुलाई (२८ असार) मा कुनै ठाउँमा कुनै डिनरको आयोजना नगरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
प्रधानमन्त्रीले समेत डिनर गरेको कुरा थाहा पाइसक्दा समेत भारतीय दूतावासले भने भोजभतेर नगरेको दाबी गरेको हो । स्रोतका अनुसार केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्न भारतीय राजदूत रेको ठूलो भुमिका रहेको बताइन्छ ।
हिजोको कार्यक्रममा यस्तो थियो प्रधानमन्त्रीको प्रश्न ?
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन स्वचालित नभई ब्याट्रीबाट चल्नु देशका लागि दुःखद भएको टिप्पणी गरेका थिए । ‘अहिले के भइरहेको छ मैले भन्नु पर्दैन, तपाईंहरुले देखिरहनुभएको छ, सरकार परिवर्तनका बैठक लागि आफ्नाआफ्ना बीचमा भए पनि हुन्थ्यो, अलिकति स्वचालित भएको भए हुन्थ्यो’ उनले भनेका थिए ।
भारतीय राजदूततर्फ सङ्केत गर्दे भनेका थिए, ‘सरकार परिवर्तनका लागि स्वस्थ र आन्तरिक कार्य जति ठीक छ, तर कुनै पार्टी बाहिरिँदा अरुले भोज खाने उफ्रिनुले चित्र स्पष्ट गर्छ ।’ प्रधानमन्त्रीले नाकाबन्दीका समयमा नेपाली जनताले देशभक्तिको नमुना देखाएकामा धन्यवाद दिँदै जनताको त्यो सजगतालाई सलाम गर्छु भनेका थिए ।
यस्तो छ भारतीय दूतावासको विज्ञप्तिः

















प्रतिक्रिया