१ कार्तिक २०८३, आइतबार

सहयोग संकलन कार्य स्थगित गर्दै धुर्मुस सुन्तली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13652776_1183308281720359_1353429443_nकाठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ ।

पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । अब गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैँया आवश्यक छ ।

बस्ती निर्माणका लागि मृर्गौला पीडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्म दिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् ।

अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

त्यसैले, गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गर्नुभएको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।

फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारीत लक्ष्य हाँसील गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् ।

अब २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिएकी छिन् ।

परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनले स्पष्ट गरेकी छिन् । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनि उनले जानकारी गराएकी छिन् ।

वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो ।

बस्ती निर्माणका लागि देश तथा विदेशबाट थुप्रै सहयोगी हातहरुको साथ मिलेका कारण छोटो समयमै यो रकम जुटेकोप्रति फाउण्डेशनले खुशी एवं सबैमा धन्यवाद व्यक्त गरेको छ ।

अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको छ ।

खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौँ सहयोगी मनहरुका कारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढीरहेको फाउण्डेशनको भनाई छ ।

झरीको बाबुजुद पनि दशैँ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गारो उठाउने काम रात दिन जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

बस्तीमा पानी, सडकको मर्मत लगायतका भौतिक पूर्वाधारको विकास सँगै अब काम अघि बढाउन सजीलो भएको उनको भनाई छ । तर, वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्या पारीरहेकाले अनुमानीत लागत नै बढ्ने हो की भन्ने चिन्ता पनि उत्तिकै रहेको उनले बताएका छन् ।

कलाकारीतासँगै समाजीक कामबाट अझै बढी दर्शकको माया र विश्वास पाइरहेकाले जति सक्दो छिटो र कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ । दर्शककले गरेको विश्वासलाई अझै बढाउने हिसाबले पारदर्शी रुपमा काम सम्पन्न गर्ने फाउण्डेशनले जनाएको छ ।