१ कार्तिक २०८३, शनिबार

नेपाल मेला सफल बनाउन विशिष्ट व्यक्तिहरुसंग भेटघाटमा तीब्र

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10– विजय थापा

वाशिंगटन डिसी । आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म न्युयोर्कमा हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई ऐतिहासिक सफल बनाउन आयोजकहरुले अमेरिकन संसद, सिनेटर, नगर प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरु संगको भेटघाटलाई तिब्र बनाएका छन् ।

आयोजकहरु अमेरिकाको विभिन्न राज्यहरु गइ भेटघाट गर्ने र नेपाल प्रदर्शनीको उदेस्य बारेमा प्रकाश पारेका छन् । भेटघाट पश्च्यात सबैले सक्दो सहयोग गर्न बचन बद्धता दिनु को साथै शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन् ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वर्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय २३ उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् ।

बासको व्यवस्थाको लागि म्यान ह्याटनको वर्ल्ड होटल संग आईल्याण्डको रेड रुफ इन, अन्य ७५ वटा प्रतिष्ठानहरुको लागि व्यवस्था गरिएको छ भने थप २ सय भन्दा ज्यादा कोठाहरुको लागि न्यूजर्सी क्षेत्र र क़ुइन्स क्षेत्रमा पाहुना घरको लागि आरक्षण गर्ने क्रम जारी रहेको छ ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि म्यान ह्याटन च्याम्बर अफ कमर्स ,क़ुइन्स च्याम्बर अफ कमर्श, हो बोकेन च्याम्बर अफ कमर्स, न्यू जर्सी च्याम्बर अफ कमर्श लगायत अन्य ब्यापारिक संस्थाहरुसंग सहकार्य गर्ने बिषयमा बार्तालाप भै रहेको छ ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई अझ व्यापक बनाउन आयोजकले अमेरिकामा अंग्रेजीमा समाचार प्रचार प्रसारको लागि न्युज वायर डटकम संग सहकार्य गरेको छ ।

झन्डै अमेरिका भरका झन्डै ८ सय अंग्रेजी संस्करण भएका पत्र पत्रिकामा पुगाउने जिम्मेबारी लिएको जानकारी नेपाल मेलाका अध्यक्ष रेग्मीले दिएका छन् ।