१ कार्तिक २०८३, आइतबार

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New-zeland-quake

बेलिङटन (न्युजिल्यान्ड), २९ असार । न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो । १० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन भोली सम्म लाग्ने बताइएकोे छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको बारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन ।

भूकम्पपछि सुनामी आउन सक्ने सम्भावनाबारे केही बताइएको छैन । रासस/एएफपी