संवैधानिक कानुनका ज्ञाता डा विपिन अधिकारीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान परिपेक्षमा प्रधानमन्त्री बन्न निकै गाह्रो हुने बताएका छन् ।
माउन्टेन टेलिभिजनका लागि पत्रकार दीपक धितालसँगको अन्तर्वार्तामा संविधानविद अधिकारीले तत्कालिन प्रधानसेनापति रुपमाङ्गत कटवाल प्रकरणले लुरुक्क सिंहदरबार छोडेका प्रचण्डलाई अब प्रधानमन्त्री बन्न निकै गाह्रो छ र बने भने पनि झनै गाह्रो हुने बताए ।
कुनै एउटा राजनीतिक विज्ञप्तिका भरमा राजिनामा दिनुभन्दा प्रमले संसदमा आफ्नो अधिकार प्रयोग गर्दै संसद फेस गरेर जनतालाई आफूले ल्याएका योजना, गर्न सुरु गरेका प्रयास र बहिर्गमन हुनुपर्दाको परिस्थिती बताउनुपर्ने उनको सुझाव छ ।
सरकार गिराउने र बनाउने खेल र अबको सबैंधानिक बाटोका विषयमा सवैंधानिक कानुनका ज्ञाता डा विपिन अधिकारीको गहकिलो तर्कः
– कुनै एउटा राजनीतिक विज्ञप्तिका भरमा राजिनामा दिनुभन्दा प्रमले संसदमा आफ्नो अधिकार प्रयोग गर्दै संसद फेस गरेर जनतालाई आफूले ल्याएका योजना, गर्न सुरु गरेका प्रयास र बहिर्गमन हुनुपर्दाको परिस्थिती बताउनुपर्छ । इन्डिया पनि प्रम देवे गौडाले सरकार अल्पमतमा परेर बाहिरिदा दिएको अभिब्यक्ति आज सम्झनुपर्छ ।
– कटवाल प्रकरणले लुरुक्क सिंहदरबार छोडेका प्रचण्डलाई अब प्रधानमन्त्री बन्न निकै गाह्रो छ र बने भने पनि झनै गाह्रो छ ।
– ABCD को ठाउँमा EFGH लाई प्रम बनाउन मात्रै सरकार परिवर्तन हुँदैछ, यो देशको लागि निकै घातक हुनेछ ।
– कँगेसले माओवादीलाई समर्थन गरेर सरकार बनाउन कँग्रेसको लागि निकै जोखिम हुनेछ, बरु एमालेलाई कँग्रेसले समर्थन गरे फरक पर्दैन ।
– मैले कहिल्यै सोचेको थिइन की कँग्रेसले यति गिरेर कदम चाल्नेछ, केहि समय अघि संसद अवरोध गर्यो, पीएमलाई बोल्न दिएन, यसबाट कँग्रेसलाई घाटा हो । सरकारसँग आफ्ना सेना, प्रहरी, कर्मचारी छन्, गौडा गौडामा गर्र पनि बोल्न सक्छ तर प्रतिपक्षलाई हो संसद चाहिने भनेको ।
– माओवादी सरकारबाट बाहिरिएर गल्ती गरेको हो, देशमा कु प्रशासन सुरु हुन्छ
– संविधान कार्यान्वयनमा सैद्धान्तिक जटिलता जुन थियो त्यो झन चुलिदै जानेछ ।
– प्रधानमन्त्री केपी ओलीसँग अब तीन ओटा विकल्प छनः राजिनामा दिने, विश्वासको मत लिने र अविश्वासको प्रस्ताव सामना गर्ने । तर संसद विघटन गर्ने अधिकार प्रमलाई छैन र गर्नुहुन्न ।
– देशमा विकासको विषय प्रबेश गराएका, छिमेकीसँगको सम्बन्धलाई नयाँ पाटोबाट अघि बढाएका, चीनसँगको सम्बन्धमा नयाँ अध्याय थपेका, परम्परावादी बजेटबाट माथि उठेर परिवर्तनकारी बजेट ल्याएका, इन्डियन ब्लकेड सामना गरेर राष्ट्रियतामा अडिग रहेका, विकास कार्य प्रारम्भ गरेका उनका ऐतिहासिक काम हुन ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
https://www.youtube.com/watch?v=ocy0MIM6-70&feature=youtu.be













प्रतिक्रिया