२६ कार्तिक २०८३, बिहिबार

तीन बजेभित्र ओलीले राजीनामा नदिए माओवादीले बजेट रोक्ने, अविश्वास प्रस्ताव दर्ता गराउने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao Kendraकाठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र)ले आफूले सरबारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा अल्पमतमा रहेको सरकारबाट प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको छ ।

बानेश्वरमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदको बैठक तीन बजे बस्नुअघि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले तीन बजे अगाडि पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउनेछ ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा नआए आर्थिक वर्ष २०७३/७४को बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।

कांग्रेसको समर्थनमा आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले छिटोभन्दा छिटो मार्गप्रसस्त गर्नुपर्ने जनाएको छ ।