२६ कार्तिक २०८३, बिहिबार

जोखिम झेल्दै जाजरकोटका ५२१ घरधुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jajarkotजाजरकोट, २९ असार । जाजरकोटका विभिन्न गाविसका पहिरोका कारण जोखिमयुक्त बस्तीका स्थानीयले रातभर घरमा सुत्न नसक्ने बताएका छन् ।

जिल्लाका भगवती गाविसको वडा नं ३ औलगुत्ता, दह गाविसको वडा नं ५, डाँडागाउँ गाविसको वडा नं ३ र रामीडाँडा गाविसका ३ र ४ का बस्तीका स्थानीय जोखिममा परेका हुन् । जोखिममा रहेका बस्तीमा ५२१ घरधुरी रहेका छन् ।

वर्षायाममा यी बस्तीका स्थानीय पहिरोको डरले गर्दा घर छोडेर जीवन बचाउन रातभर जाग्राम बस्ने गरेको भगवतीका दलबहादुर सिंहले बताउनुभयो । रासस