काठमाडौं, २९ असार । नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रलाई सहयोग गर्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बैठकमा अबको नयाँ सरकार र माओवादी केन्द्रसँगको सहकार्यका विषयमा छलफल हुनेछ ।
माओवादी केन्द्रसँग सात बुँदे सहमति गरेको कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने नेताहरूले बताउँदै आएका छन् ।
स्थानीय निकायको चुनाव गर्ने गरी प्रचण्डले सत्ताको बागडोर सम्हाल्ने छन् । त्यसपछि संसदीय र संघीय निर्वाचनको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको बताइन्छ ।












प्रतिक्रिया