१ कार्तिक २०८३, आइतबार

इटाली रेल दुर्घटनामा परीे मृत्य हुनेको सङ्ख्या बिस पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Italy Train Crashरोम (इटाली), २८ असार । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार भएको दुई रेल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परीे मृत्य हुनेको सङ्ख्या बिस पुगेको उद्धारमा सम्लग्न एक प्रहरीले बताएका छन् ।

इटालीको सुरक्षाकर्मीसहितका करिब २०० जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाउने क्रम जारी छ ।

पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।

दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । – एएफ्पी