१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा विपक्षी दलका प्रमुख नेताको हत्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistan-1

इस्लामावाद, २८ असार । पाकिस्तानमा एकजना राजनीतिक नेताको हत्या भएको समाचार छ ।

समाचारमा जनाइएअनुसार अज्ञात बन्दुकधारीले एकजना पाकिस्तानी जातीय नेता हमिद हसनको हत्या गरेको छ ।

कुरामको पराचीनगरमा रहेको उनको कार्यालयको परिसरमा उनको हत्या भएको हो । उहाँ कुराम एजेन्सीको पाकिस्तान पिपुल्स पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।

उक्त हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । उक्त पार्टीले सो हत्याको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

उहाँको हत्या तालिवानहरुले गरेको अनुमान प्रहरीले गरेको छ । तर पनि सो विषयमा पुष्टि भने भएको छैन । रासस-सिन्ह्वा